IME Life

रिलायबल सहित केहि जीवन बीमा कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्ने, यस्तो छ कानुनी व्यवस्था

SPIL
NIC ASIA

काठमाडौं । नयाँ आएका केहि जीवन बीमा कम्पनीहरु प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा जुटेका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थप प्रिमियम सहित प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिदै छ । कम्पनीले सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेको छ । तर बोर्डमा दिने निवेदनमा अहिले नै प्रिमियम मूल्य भने निर्धारण नगरिने कम्पनीले जनाएको छ । रिलायबल सहित अरु कम्पनीहरु पनि आन्तिरिक रुपमा तयारी गरिरहेका छन् ।

बीमा क्षेत्रमा अहिलेसम्म थप प्रिमिमय सहित प्राथमिक शेयर निष्काशनको अभ्यास भएको छैन । यसले गर्दा कम्पनी पनि अलमलमा छ । प्राथमिक शेयर निष्काशनका लागि बीमा समिति, धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयको अनुमति आवश्यक पर्छ ।

Prabhu
Crest

कम्पनी ऐन र धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा स्पष्टसँग पब्लिक कम्पनीले थप प्रिमियम सहित प्राथमिक शेयर निष्काशन गर्न पाउने व्यवस्था छ । तर बीमा समितिले जारी गरेका कुनै पनि नियम कानुनमा प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्ने विषय खुलेको छैन । प्राथमिक शेयर निष्काशन गर्नु पर्ने व्यवस्था भए पनि प्रिमियमको विषय भने नखुलेका कारण बीमा समितिको नियम बाधक नबन्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा थप प्रिमियम सहित प्राथमिक शेयर निष्काशन गर्न पाउने व्यवस्था रहेकाले बोर्डको प्रचलित व्यवस्था अनुसार कानुनी अड्चन नरहेको बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाको हकमा नेपाल राष्ट्र बैंकले जारी गरेको नियमले नै प्राथमिक मूल्यमा आइपिओ जारी गर्नु पर्ने व्यवस्था छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाले प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्न पाउदैनन् । तर बीमा समितिले यस विषयमा केहि पनि कानुनी व्यवस्था नगरेका कारण बीमा कम्पनीहरु थप प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्ने पहलमा जुटेका हुन् ।

बीमा समितिका अनुसार बीमा कम्पनीहरुको प्राथमिक शेयर निष्काशन कम्पनी ऐन अनुसार आकर्षित हुने भएकाले बीमा समिति यस विषयमा बाधक छैन । कम्पनी ऐनले प्रचलित नियम कानुनका आधारमा पब्लिक कम्पनीले प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्न पाउने व्यवस्था गरिदिएको छ । कम्पनी ऐन अनुसार पब्लिक कम्पनीले प्रिमियम सहित प्राथमिक शेयर निष्काशन गर्न चाहेकमा साधराणसभाबाटै प्रस्ताव पारित गर्नु पर्ने हुन्छ ।

कम्पनी ऐन र धितोपत्र दर्ता तथा निष्काशन नियमावलीका आधारमा प्रिमियम मूल्यमा शेयर जारी गर्न पाउने स्पष्ट कानुनी व्यवस्था भए पनि अहिलेको अवस्थामा अन्तिम निर्णय कर्ता नियामक निकाय बीमा समिति नै हुने देखिएको छ । कतिपय विषय बस्तु सार्वजनिक बहसमा आए पछि निर्देशन दिने बीमा समितिको प्रवृत्तीले भने यसलाई प्रभाव पार्न सक्छ ।

अभ्यासमै नभएको विषय भन्दै समितिले प्राथमिक मूल्यमै आइपिओ जारी गर्न निर्देशन दियो भने पनि कम्पनीको केहि लाग्दैन । तै पनि बीमा कम्पनीहरु कानुनको परिधिभित्र रहेर प्रिमियम सहित प्राथमिक शेयरको निष्काशन गर्ने प्रकृयाँमा जुटेका हुन् । समिति, बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयले अनुमति दियो भने उनिहरुले प्रिमियम मूल्य निर्धारण गर्न सक्ने छन् ।

कसरी तय हुन्छ प्रिमियम मूल्य

कुनै पनि पब्लिक कम्पनीले प्रिमियममा प्राथमिक शेयर जारी गर्नु पर्यो भने धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७६ को दफा २९ अनुसार प्रिमियम मूल्य निर्धारण गर्न सक्छन् । प्रिमियममा धितोपत्र निष्काशन गर्नका  लागि कम्पनी पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको हुनु पर्छ । त्यस्तै कम्पनीको प्रतिशेयर चुक्ता पूँजी भन्दा प्रति शेयर नेटवर्थ बढि भएको हुनु पर्छ । यसै दफाको उपदफा क ‘२’ अनुसार कम्पनीको साधारणसभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको हुनु पर्छ ।

कम्पनीले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्थाले भन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकल प्रतिवेदन तयार पार्नु पर्छ । प्रिमियममा शेयर जारी गर्न चाहने कम्पनिले कम्तिमा औषत व सो भन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनु पर्नेछ ।

माथिको योग्यता पुगेका कम्पनीले मात्रै प्रिमियम रकम गणना गर्न सक्छन् । कम्पनिहरुले प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी ‘क्यापिटलाइज्ड अर्निङ’, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य ‘डिस्काउन्टेड क्याँस फ्लो’ र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्याङ्कनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवल्म्बन गरी प्राप्त हुने कुल मूल्यको औषत मूल्य गणना गर्नु पर्नेछ ।

उनिहरुले औषत मूल्य संगठित संस्थाको पछिल्लो लेखापरिक्षण भएको वित्तीय अनुसार प्रतिशेयर नेटवर्थको दूई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नु पर्ने हुन्छ । यसरी मुल्य निर्धारण गर्दा अपनाइएका विधि, मान्यता तथा आधारहरु खुलाइ सो को औचित्य समेत स्पष्ट गर्नु पर्नेछ ।

किन जारी गरिन्छ प्रिमियममा शेयर

संस्थापकहरुले प्रारम्भिक लगानी गर्दा आधार मूल्यमै गरेका हुन्छन् । यहि लगानीबाट कम्पनीले निश्चित अवधि पछि मुनाफा गर्न थाल्छ साथै कम्पनीको नेटवर्थ तथा ब्राण्ड भ्यालु पनि बढिसकेको हुन्छ । यसैले गर्दा शेयरधनीहरुले आफ्नो ब्राण्ड भ्यालु तथा नेटवर्थको मूल्य मागिरहेका हुन्छन् । कम्पनीमा सम्पुर्ण शेयरधनीहरुको समान हैसियत हुने भएकाले पछि आउने शेयरधनीहरुसँग उक्त भ्यालु बराबरको मूल्य लिइन्छ । यहि सिद्धान्त अनुसार कम्पनीहरुले प्रिमिमय मूल्य तोक्न चाहन्छन् ।

अहिले प्रिमियममा शेयर जारी गर्न खोजेका कम्पनीहरुले पनि यहि सिद्धान्तका आधारमा चार वर्ष अगाडिको लगानी र चार वर्ष पछिको लगानी समान हुन नहुने उनिहरुको तर्क छ । यसरी प्रिमियममा जारी गरिएको शेयरको प्रिमियम रकमलाई नगद लाभांशको रुपमा वितरण गर्न पाइदैन । त्यसैले गर्दा कम्पनीको नेटवर्थ थप बढ्छ । उनिहरुको जगेडा कोष थप बलियो हुन्छ ।

अहिले प्रिमियममा शेयर जारी गर्न खोजेको रिलायबल नेपालको नेटवर्थ १०६ रुपैयाँ छ । यदि विद्यमान नियम अनुसार कम्पनीले नेटवर्थको दुई गुणासम्ममा शेयर जारी गर्न पायो भने ३२८ रुपैयाँमा प्राथमिक शेयर जारी गर्न पाउछ । कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता आइपिओ जारी गर्दै छ । यदि उसले नेटवर्थको दुई गुणासम्ममा शेयर जारी गर्न पायो भने उसको जगेडा कोषमा एक अर्ब ३६ करोड रुपैयाँ जम्मा हुनेछ । ६० लाख कित्ता शेयर प्रिमियममा शेयर जारी गर्न पायो भने उसको पूँजी कोष एक अर्ब ९६ करोड रुपैयाँले बृद्धि हुन्छ । यस्तो भयो भने कम्पनीले आगामी वर्षमा हकप्रद निष्काशन गरेर पूँजी बढाइरहनु पर्दैन ।

अर्को तर्फ दोस्रो बजारमा बीमा कम्पनीहरुको शेयर मूल्य अन्य कम्पनीको भन्दा धेरै राम्रो छ । अहिले पनि दोस्रो बजारमा सबैभन्दा बीमा कम्पनीहरुको सबैभन्दा कम मूल्य ६५६ रुपैयाँ छ । यसले गर्दा प्रिमिमयमा शेयर जारी गर्दा नबिक्ने सम्भावना कम छ । दोस्रो बजारको भ्यालुबाट कम्पनीको पूँजी कोषमा केहि पनि प्रभाव पार्दैन त्यसैले गर्दा केहि कम्पनीहरुले प्रिमियम निर्धारण गरि त्यसको भ्यालु आफै लिन खोजेको देखिन्छ । यसले कम्पनी तथा शेयरधनीहरुलाई राम्रै फाइदा पुग्ने विज्ञहरु बताउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS