IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो १० प्रतिशत बोनस शेयर, चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ पुग्ने

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीको आज साढे तीन बजेदेखि ५ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले एनएफआरएस अनुसार तयार भएको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ । बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०६६ अनुसार कम्पनीको मुनाफा २६ करोड ५५ लाख रुपैयाँ रहेको छ । तर एनएफआरएस अनुसार तयार पारिएको वित्तीय विवरण अनुसार भने २५ करोड ९४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

Prabhu
Crest

एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्दा नियामकीय प्रावधान अनुसार जगेडा तथा व्यवस्थाहरु कायम गर्नु पर्ने भएकोले सो अनुसार कायम गरी आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफा ११ करोड ९५ लाख रुपैयाँ रहन आएको हुँदा आर्थिक वर्ष २०७६/७७ को लागि बीमा समितिको स्वीकृति प्राप्त भए अनुसार हुने गरी उक्त लाभांस प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरण पछि भने एक अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको भन्दा ३ प्रतिशतले लाभांस बृद्धि गरेको छ । पूँजी बृद्धि पछि गत आर्थिक वर्षमा लाभांस घटे पनि कम्पनीले विस्तारै लाभांस दर बढाउने देखिएको छ । दोस्रो बजारमा सोमबार कम्पनीको शेयर मूल्य ११९३ रुपैयाँ छ । आज लाभांस घोषणा गर्नु अगाडि कम्पनीको शेयर मूल्य भने ४० रुपैयाँले घटेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS