IME Life
Beema Board

नेको इन्स्योरेन्स २६ औ वर्षमा प्रवेश, बजारमा छुट्टै पहिचान बनाउन सफल

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी २५ औ वर्ष पुरा गरि २६ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०५३ जेठ १७ गतेदेखि निर्जीव बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनी ऐन २०२१ अनुसार २०५१ पुस ६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई निर्जीवन बीमा व्यवसायका लागि २५ वर्ष अगाडि बीमा समितिबाट अनुमति प्राप्त गरेको थियो ।

स्थापनाकाल देखि नै निर्जीवन बीमा व्यवसायमा अग्रणी नेको इन्स्योरेन्सले नेपाली बजारमा नयाँ नयाँ इनोभेटिभ प्रोडक्ट बिक्री गर्दै आएको छ । बजारमा छुट्टै पहिचान बनाएको नेकोले आफ्ना शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्दै आएको छ ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ छ । यस मध्ये विभिन्न समयमा हकप्रद शेयर जारी गरेर ८३ करोड ९ लाख रुपैयाँ उठाएको छ । कम्पनीले हरेक वर्ष नगद भन्दा बोनस शेयरलाई धेरै प्राथमिकता दिदै आएको छ । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट पनि १५.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

कम्पनीको प्रमुख शेयरधनीहरुमा राष्ट्रिय बाणिज्य बैंकको २० प्रतिशत, महतो समुहको २०.२४ प्रतिशत, विनायक समुहको १२.९४ प्रतिशत र विभिन्न लगानी व्यवस्थापकको ४.५१ प्रतिशत हिस्सा रहेको छ ।

कम्पनीको जगेडा कोषमा ६८ लाख २३ हजार रुपैयाँ जम्मा भएको छ । त्यस्तै बीमा कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्न सफल भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण हेर्ने हो भने प्रतिशेयर आम्दानी ३५ रुपैयाँ छ । कम्पनीले आफ्ना सम्पुर्ण सूचकहरुमा सुधार गर्ने क्रम जारी छ ।

निर्जीवन बीमा व्यवसायमा आक्रामक नेकोले ७४ वटा शाखा तथा उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । कम्पनीकोन एउटा केन्द्रिय कार्यालय, ३२ वटा शाखा तथा ४१ वटा उपशाखा कार्यालयहरु रहेका छन् । कम्पनीले अझै १० वटा शाखा कार्यालय विस्तार गर्ने योजना बनाएको छ । विगत ५ वर्षको अवधिमा कम्पनीले औषत २० प्रतिशतले बीमा शुल्क आर्जनमा सुधार गर्दै आएको छ ।  कम्पनीले रजत जयन्तीको अवसरमा कम्पनीले आफ्नो सेवालाई थप सरल विश्वसनिय एवं मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS