IME Life

आज प्रभु बैंकले यी शाखा कार्यालय मार्फत सेवा दिने

SPIL
NIC ASIA

काठमाडौं । आज प्रभु बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका केही शाखाहरु खुला गरी सेवा दिने भएको छ । कोभिड महामारीको कारणले गर्दा प्रभु बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सबै शाखा बन्द नगरी केही शाखा कार्यालय सेवा खुला गरी दिँदै आएको छ । आज जेठ ४ गते बैंकको विभिन्न शाखा कार्यालयहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि खुल्ला हुने जानकारी गराइएको छ ।

बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ । बैंकले प्रदेश नं १ कोे पाँच वटा शाखा , प्रदेश दुईको ३ वटा शाखा कार्यालय, बागमति प्रदेशको २७ वटा शाखा कार्यालयबाट सेवा दिने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, गण्डकी प्रदेशको १३ वटा शाखा कार्यालय, लुम्बिनी प्रदेशको ३ वटा शाखा कार्यालय, कर्णली प्रदेशको ३ वटा शाखा कार्यालय र सुदुर पश्चिमको ३ वटा शाखा कार्यालयबाट सेवा दिने जनाएको छ ।

साथै, बैंकले डिजिटल बैंकिङ कारोबार गर्न समेत बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS