IME Life

तेस्रो त्रैमासमा एनएमबि लघुवित्तको उत्साहजनक प्रगति

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले उत्साहजनक प्रगति गरेको छ ।

हाल संस्थाको चुक्ता पूँजी ५३ करोड ९८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ३३ लाख ३७ हजार रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा संस्थाको नाफा १७५ दशमलव ३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष संस्थाले ४ करोड ५९ लाख ७४ हजार खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३३ करोड ९९ लाख १७ हजार पुगेको छ यो गत वर्षको सोहि अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी ९२ दशमलव २२ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी १७ करोड ६८ लाख ३७ हजार सीमित थियो ।

यस्तै, सञ्चालन नाफा १ करोड ४९ लाख ७१ हजार रुपैयाँबाट बढेर २० करोड ३ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी आम्दानी ३१ रुपैयाँ २७ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS