IME Life

मिथिला लघुवित्तको नाफा ३३%ले बढ्यो, अधिकांश सूचक सकरात्मक

SPIL
NIC ASIA

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ३३ दशमलव ८५ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष संस्थाले १ करोड ५३ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

हाल संस्थाको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको छ, भने जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

कम्पनीको खुद ब्याज आम्दानी ६९ दशमलव ०८ प्रतिशतले बढेर ८ करोड ४६ लाख पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले खुद ब्याज आम्दानी ५ करोड रुपैयाँ गरेको थियो ।

यस अवधिसम्म आइपुग्दा संस्थाले ६ करोड ६७ लाख सञ्चालन नाफा कमाएको छ । गत वर्षको सोहि अवधिको तुलनामा संस्थाको संचालन मुनाफा १८७ दशमलव ८४ प्रतिशतले धेरै हो । गत वर्ष संस्थाको संचालन मुनाफा नाफा २ करोड ३१ लाख रुपैयाँ गरेको थियोे ।

यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ०६ पैसा र प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS