IME Life
Beema Board

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा निष्काशनको पहिलो दिनमा १ लाख ३८ हजार ६३ जनाको आवेदन परेको छ ।कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज ३ बजेसम्ममा १ लाख ३८ हजार ६३ जना आवेदकले ३५ लाख १४ हजार ६ सय २० कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन् । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्ने बिक्री प्रबन्धकको भनाई छ ।

कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार सीडीएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ तोकिएको मितिभन्दा २ दिनअगाडि नै निष्कासन गरिएको हो। यसअघि यो आईपीओ फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिएको थियो।

Prabhu
Crest

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा फागुन २६ गते र ढिलामा चैत ६ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS