IME Life

आईपीओ आउँदै गरेको ज्योति लाइफ र आईपीओ आईसकेको प्रभु लाइफ र रिलायन्स लाइफलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स, प्रभु लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनीहरु हुन् । तीन जीवन बीमा कम्पनी मध्ये प्रभु लाइफ र रिलायन्स लाईफले आईपीओ निस्काशन गर्ने प्रक्रिया सम्पन्न गरेका छन्  र दोश्रो बजारमा शेयर कारोवार भैरहेको छ भने ज्योति लाईफ निकट भविष्यमा आइपीओ निस्काशन गर्दै न्युनतम २ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छ । इन्स्योरेन्स खबरले यी तीन जीवन बीमा कम्पनीलाई दाँजेर गरेको तुलनात्मक अध्ययन :

चुक्ता पुँजीको आधारमा :
प्रभु लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ लाईफ इन्स्योरेन्सले आईपीओ निस्काशन गरे पश्चात २ अर्ब पुँजीको लक्ष्य हासिल गरेका छन् भने ज्योति लाइफ इन्स्योरेन्सले निकट भविष्य मा आईपीओ निस्काशन गरे पश्चात २ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छन्।

Prabhu
Crest

जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा ज्योति लाइफ इन्स्योरेन्स अघि छ । ज्योति लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ४८ करोड २४ लाख रकम छ भने प्रभु लाईफको जगेडा कोषमा २८ करोड छ भने रिलायन्स लाईफको जगेडा कोषमा १९ करोड रकम छ। ज्योति लाईफको जगेडा कोष समिक्षा अवधिमा ४४ प्रतिशतले वृद्धि भएको छ भने प्रभु लाईफको जगेडा कोष १०१ प्रतिशतले वृद्धि भएको छ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कोषको आधारमा ज्योति लाइफको जीवन बीमा कोष सबै भन्दा बलियो छ। ज्योति लाइफको जीवन बीमा कोषमा २ अर्ब ९१ करोड संचित छ भने रिलायन्सको जीवन बीमा कोषमा १ अर्ब ७९ करोड र प्रभु लाइफको जीवन बीमा कोषमा १ अर्ब ४३ करोड रकम रहेको छ।

बीमा शुल्क आर्जनको आधारमा :
बीमा शुल्क आर्जनको आधरमा ज्योति लाइफको व्यापार राम्रो छ। ज्योति लाइफले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्ममा १ अर्ब ४४ करोड कुल बीमा शुल्क आर्जन गरेकोमा रिलायन्सले १ अर्ब १५ करोड र प्रभु लाइफले ६३ करोड ४८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।
व्यापरको वृद्धि हेर्दा ज्योति लाइफको कुल बीमा शुल्क ९२ प्रतिशतले वृद्धि भएको छ भने रिलायन्स लाइफको कुल बीमा शुल्क ९० प्रतिशतले वृद्धि भएको छ भने प्रभु लाइफको कुल बीमा शुल्क आर्जन १०३ प्रतिशतले वृद्धि भएको छ।

मुनाफाको आधारमा :
ज्योति लाइफले सर्वाधिक १० करोड ७८ लाख खुद मुनाफा गरेको छ भने दोश्रोमा प्रभु लाइफले ८ करोड ८ लाख खुद मुनाफा गरेकोमा रिलायन्स लाइफले ५ करोड ७८ लाख खुद मुनाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर सबै भन्दा राम्रो ज्योति लाइफको रहेको छ। ज्योति लाइफको प्रति शेयर आम्दानी १४ रुपैया हुँदा रिलायन्सको सबै भन्दा थोरै ५ रुपैयाँ रहेको छ।

दोश्रो बजारमा प्रभु लाइफको बजार मूल्य ८५२ रुपैयाँ रहेकोमा रिलायन्स लाइफको बजार मूल्य ७३५ रुपैयाँ रहेको छ। ज्योति लाइफले आक्रामक रुपमा व्यापर गरेको र आधारभूत रुपमा बलियो हुँदा आईपीओ पश्चात राम्रो मूल्यमा दोश्रो बजारमा कारोवार हुने देखिन्छ ।

 

(नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्नेछ ।)

(नोट :जीवन बीमा कम्पनीहरुको एक्चुअरी पश्चात मात्र वास्तविक नाफा देखिने छ )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS