IME Life
Beema Board

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको मंसिर १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २३औं वार्षिक साधारण सभा वौष ८ गते, बुधबार, कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत (कर प्रयोजनका लागि) नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीको २१ औं वार्षिक साधारण सभाले पारित गरेको १:१ अनुपातको हकप्रद शेयरमध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ (१:०५) को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS