IME Life New

डिजिटल माध्यमबाट अभिकर्ता पुनर्ताजगी गर्दै जीवन बीमा कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोनाको कारण देशका आधा भन्दा बढि जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएकोछ । अधिकांश जीवन बीमा कम्पनीका अभिकर्ताहरु घरैमा थुनिएका छन् । तर, बीमा अभिकर्ता पुनर्ताजगी गर्ने मुख्य समय भदौं महिनामा अभिकर्ताहरुलाई भने डिजिटल प्लेटफर्ममा बसेर पुनर्तागजी हुन भ्याई नभ्याई छ । बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई डिजिटल माध्यमबाट नियमित रुपमा पुनर्ताजगी तालिम गराइरहेका छन् ।

कोरोना महामारीमा बीचमा डिजिटल माध्यमबाट अभिकर्ताहरुलाई वार्मअप गराउने तालिम जारी रहेको सूर्या लाईफ इन्स्योरन्सका सिईओ शिवनाथ पाण्डेले बताए । नेपाल जीवन बीमक संघका अध्यक्ष समेत रहेका सिईओ शिवनाथ पाण्डेले सूर्या लाईफ इन्स्योरेन्सले विकेन्द्रकृति रुपमा केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालयहरुले तालिम सञ्चालन गर्दै आएको बताए ।

Esewa
Crest

डिजिटल तालिम सञ्चालन गर्ने कार्यमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी निकै अगाडि छ । सो कम्पनीले दैनिक रुपमा अभिकर्ताहरुलाई तालिम दिइरहेको जनाएको छ । नयाँ कम्पनी ज्योति लाईफ इन्स्योरेन्सले पनि आफ्ना अभिकर्ताहरुलाई दैनिक रुपमा डिजिटल माध्यमबाट तालिम दिइरहेको जनाएको छ । ज्योति लाईफका सूचना अधिकारी उमेश प्रसाद मैनालीले देशैभरिका अभिकर्ताहरुलाई तालिम दिने काम भइरहेको बताए ।

नजिकिँदै गरेको दशैं–तिहार–छठ जस्ता राष्ट्रिय पर्वमा जीवन बीमाको व्यवसाय आफ्नो पोल्टामा पार्न जीवन बीमा कम्पनीहरु यतिबेला अभिकर्ताहरुलाई तालिम दिनमै व्यस्त रहेका छन् । त्यसो त भदौं महिना जीवन बीमा कम्पनी र अभिकर्ताबीच सम्बन्ध सुमधुर हुने समय नै हो । त्यसैले पनि प्रायः सबै कम्पनीहरुले अभिकर्ता तालिममा व्यस्त रहँदै आएका छन् ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ सुरेश प्रसाद खत्रीले हालसम्म पाँच हजार भन्दा बढि अभिकर्तालाई तालिम दिइएको बताए । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुल्क पाँच लाख रुपैयाँ भन्दा कम बीमा शुल्क संकलन गरेका अभिकर्ताहरुलाई तालिम दिइएको जनाएको छ । नेशनल लाईफमा एजेन्सीहरु नेपाल टप एजेन्सी म्यानेजर शंकर लामिछाने, पाल्पाबाट संगिता भट्टराई र झापाबाट बन्धु निरौलाले समेत अभिकर्ताहरुलाई उत्प्रेरणा जगाएका छन् ।

गत वर्षहरुमा यतिबेला पुनर्ताजगी कार्यक्रम भन्दै बीमा कम्पनीका उच्च अधिकारी अभिकर्तासँग पोखरा, काठमाडौं, नगरकोट, धुलिखेल, इलाम लगायतका स्थानमा सेलिब्रेट गर्दैै तालिम दिन व्यस्त हुने गरेकोमा यस वर्ष कोरोनाको कारण घरैमा बसेर डिजिटल प्लेटफर्मका माध्यमबाट तालिम दिइरहेका छन् । बीमा समितिकै अनुसार पनि बीमा अभिकर्ताहरुलाई वर्षमा एक पटक पुनताजगी तालिम दिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS