IME Life

आजदेखि निषेधाज्ञा हट्यो, बैंक–बीमा कम्पनी आंशिक मात्रै खुल्ने, काठमाडौं प्रशासनले गर्यो यस्तो निर्णय

SPIL
NIC ASIA

काठमाडौं । यही भदौं ६ गतेदेखि राजधानी उपत्यकाका तीन वटै प्रसासनले संयुक्त रुपमा जारी गरेको निषेधाज्ञा आजबाट खुकुलो पारिएको छ । निषेधाज्ञा लगभग हटाइएको छ । सार्वजनिक यातायात जोर बिजोर प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरिएको छ । अन्य सवारी साधनमाथिको प्रतिबन्ध समेत हटाई जोर बिजोर प्रणालीबाट सञ्चालन हुने व्यवस्था गरिएको छ । यद्यपि निषेधाज्ञा खुकुलो भएपनि बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुले एक तिहाई कर्मचारीबाटै दैनिक कार्यालय सञ्चालन गर्नुपर्नेछ । प्रशासनले जनजीवन सहज बनाउन लकडाउन खुकुलो बनाउने निर्णय गरेपनि भिडभाड रोक्न यस्तो निर्णय गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुलाई भदौं १७ गतेकै निर्देशन अनुसार एक तिहाई कर्मचारीबाट दैनिक कार्यालय सञ्चालन गर्न निर्देशन दिएका छौं । नयाँ व्यवस्था अनुसार सहकारी थप गरेका छौं ।’ उनले अटेर गर्ने बैंक, वित्तीय संस्था र बीमा कम्पनीमाथि नियमन गरिने समेत बताए । नयाँ व्यवस्थासँगै बैंकका सबै शाखाहरु खुल्ला गर्न पाउनेछन् तर कर्मचारी भने एक तिहाई मात्रै बोलाउनुपर्नेछ ।

Prabhu
Crest

राजधानीका तीन वटै प्रशासनले आजदेखि १६ सिट भन्दा माथिको सार्वजनिक सवारी साधनहरु स्वास्थ्य मापदण्ड पूरा गरी जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न दिने निर्णय गरेको छ । त्यस्तै, पसलहरु पनि साप्ताहिक रुपमा आलोपालो प्रणाली अन्तर्गत खोल्न दिने निर्णय समेत गरेको छ । खाद्यान्न पसलहरु दैनिक रुपमा विहान ११ बजेसम्म र साँझ ५–७ बजेसम्म सञ्चालन हुनेछन् ।

त्यस्तै, निर्माण सामग्री सम्बन्धी पसलहरु १४ बजेदेखि १९ बजेसम्म, शपिङ मल, फेन्सी पसल, लत्ताकपडा, जुत्ता, कस्मेटिक इत्यादी पसल सोमबार, बुधबार र शनिबार सञ्चालन हुन पाउनेछ । मोबाईल, पसल, इलेक्ट्रोकि पसल, विद्युत सम्बन्धी उपकरणका पसलहरु विहान ११ बजेसम्म र साँझ १६ बजेदेखि १९ बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यस्तै, भाँडा, भाँडाजन्य पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्रै सञ्चालन हुनेछ भने फर्निचर र अटोमोबाईल सम्बन्धी पसल सोमबार र बुधबार मात्रै सञ्चालन गर्न पाइनेछ । दिउँसो १२ बजेदेखि राति १९ बजेसम्म रेष्टुरेन्टबाट खाना प्याकिङ गरी बिक्री गर्न तथा डेलिभरी गर्न पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS