IME Life

हिमालय एयरलाइन्सद्वारा नयाँ भाडादर सार्वजनिक, कहाँ जान कति लाग्छ भाडा ?

SPIL
NIC ASIA

काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय उडान गर्ने एक मात्र निजि हवाई कम्पनी हिमालय एयरलाइन्सले नियमित उडानको नयाँ भाडादर सार्वजनकि गरेको छ । कोभिड–१९ को प्रभावका कारण सीमित देशहरुमा सुरक्षा मापदण्ड अपनाएर उडान भर्नु परेका कारण भाडादर सामान्य अवस्थाको भन्दा केही महंगो भएको सो एयरलाइन्सले जनाएको छ । साथै हवाई भाडा कालोबजारी हुनसक्ने भन्दै तोकिएको भाडादर भन्दा बढि भाडा लिएमा उजुरी गर्न समेत भनेको छ ।

नेपाल सरकारले सेप्टेम्बर १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्सले सहजै पिसिआर उपलब्ध गन्तव्यहरु चीनको छोड्ंछिडं, मलेसियाको क्वालालम्पुर र दुबईको आबुधाबीमा नियमित उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ । पिसिआर परीक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डमा सरकारको निर्णय अनुरुप नै चार्टर उडानमार्फत नेपालीलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

हिमालय एयरलाइन्सका महाप्रबन्धक विजय श्रेष्ठले कोभिड–१९को रोेकथामका लागि सामूहिक लडाइँमा कम्पनीले नागरिकको स्वदेश फिर्ता, कोभिड–१९ को उपचारका लागि स्वास्थ्य उपकरण तथा औषधिको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको जानकारी दिए । हिमालयले जुन १६ देखि अगष्ट ३१ तारिखसम्म हालसम्म जम्मा ९४ वटा उद्धार उडानमार्फत १५ हजार ६३५ नेपालीलाई स्वदेश फिर्ता गरेको जनाएको छ ।

हिमालयले विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउन विभिन्न मुलुकबाट गरिने उद्धार चार्टर्ड उडानको भाडादर सार्वजनिक गरेको छ । जसअनुरुप दमामका लागि ४६५ अमेरिकी डलर, रियादको ४६५, ढाकाको १६५, कुवेतको ३९२ डलर तोकिएको छ । त्यस्तै बहराइन्को ४१०, मालेको ४८०, सिङ्गापुरको ५२० र स्लामाबादको ३५० डरल कायम गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS