IME Life New

जीवन बीमाको पहुँच १८.१८ प्रतिशत, माइक्रो इन्स्योरेन्ससहितको कूल प्रतिशत २३.८८ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा बीमाको कूल पहुँच २३.८८ प्रतिशत पुगेको छ । यद्यपि जीवन बीमाको मात्रै पहुँच हेर्ने हो भने अझै १८.१८ मा सीमित भएको तथ्याङ्कले देखाएको छ ।

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा आधारित रहेर जीवन बीमाको तथ्याङ्क विश्लेषण गर्दा बीमाको पहुँच २३.८८ प्रतिशत पुगेको देखिएको हो । उल्लेखित बीमाको पहुँचमा माईक्रो इन्स्योरेन्स समेत समावेश छ । माइक्रो इन्स्योरेन्सको म्यादी बीमाकै कारण रिलायबल नेपाल लाईफको बीमा पोलिसी १७ लाख पुगेको छ । माइक्रो इन्स्योरेन्स अन्तर्गत गरिने म्यादी बीमा बाहेको गणना गर्ने हो भने बीमाको पहुँच जम्मा १८.१८ प्रतिशतमा सीमित रहेको छ ।

Esewa
Crest

नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणमा आधार मानेर गणना गर्दा गत असार मसान्तसम्म कायम रहेको बीमा पोलिसी संख्या ७५ लाख ६० हजार २६० पुगेको देखिएको छ । सो संख्यामा दोहोरिएको हुनसक्ने पाँच प्रतिशत कटाएर कूल बीमाको पहुँच अहिलेको नेपालको जनसंख्या तीन करोड ७१ हजार (तथ्याङ्क विभागको वेभसाईटको जनसंख्या) को अनुपात गणना गर्ने हो भने (म्यादी बीमा पोलिसी सहित) २३.८८ प्रतिशत पुगेको देखिएको छ । तर, म्यादी बीमा जीवन बीमा तथा बचत नभएकोले त्यसलाई छुट्याएर बीमाको पहुँच गणना गर्ने हो भने कूल ५७ लाख ५४ हजार ७२५ वटा बीमा पोलिसी कायम रहेको देखिन्छ । सो संख्यामा पाँच प्रतिशत दोहोरिएको बीमा पोलिसी घटाउँदा ५४ लाख ६६ हजार ९८९ खुद बीमा पोलिसी कायम रहने देखिन्छ । सोको बीमा पहुँच गणना गर्दा १८.१८ प्रतिशत हुन आउँछ ।

नेपालमा १८ लाख पाँच हजार भन्दा बढि म्यादी बीमा पोलिसी जारी भएका छन् । रिलायबल लाईफ इन्स्योरेन्सबाट मात्रै १७ लाख पाँच हजार त्यस्ता बीमा पोलिसी जारी भएको छ भने युनियन लाईफबाट पाँच हजार ९९३ वटा म्यादी बीमा पोलिसी जारी भएको छ । त्यस्तै नेपाल लाईफबाट ४० हजार हाराहारी म्यादी बीमा पोलिसी सहित कूल १८ लाख भन्दा बढि म्यादी बीमा पोलिसी जारी भएका छन् ।
नेपालमा रहेको घरधुरीको आधारमा गणना गर्ने हो भने ५५ लाख घरधुरी रहेकोमा ५४ लाख ६६ हजार जीवन बीमा पोलिसी जारी भएको सन्दर्भमा एक घर एक बीमा पोलिसी भागमा पर्ने देखिएको छ । घरधुरी र जीवन बीमा पोलिसीको रेसियो शत प्रतिशत पुग्न लागेको देखिएको छ ।

त्यस्तै देशको अर्थतन्त्रमा बीमाको योगदानको दृष्टिकोणबाट अध्ययन गर्दा देशको कूल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदानको गणना गरेर निकाल्ने गरिन्छ । नेपालको कूल ग्राहस्थ उत्पादन (जिडिपी) ३३ खर्बमा बीमा क्षेत्रको योगदान १२० अर्ब रुपैयाँ छ । सो आधारमा गणना गर्दा जिडिपीमा ३.६ प्रतिशत योगदान बीमा क्षेत्रले गरेको छ ।

बीमा बिज्ञ रविन्द्र घिमिरले भने बीमाको पहुँच गणना गर्दा जीवन बीमाको मात्रै गणना गर्नु भन्दा स्वास्थ्य बीमा, सवारी बीमा, सम्पत्ति बीमाहरुलाई विभिन्न कोणबाट अध्ययन गरेर बीमाको पहुँच गणना गर्नुपर्ने बताउँछन् । विज्ञ घिमिरले भने, ‘बीमाको पहुँच तथा राष्ट्र निर्माणमा पुर्याएको योगदान एउटा मात्रै कोणबाट अध्ययन गरियो भने अपूर्ण हुन्छ जस्तो लाग्छ, निर्जिवन–जीवन दुवै कोणबाट, स्वास्थ्य, जीवन, माईक्रो इन्स्योरेन्स र योगदान सबै पक्षबाट हेर्नु, विश्लेषण गर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS