IME Life

कोरोना संक्रमण भयावह बन्दै: भक्तपुरमा होम आइसोलेसनमै मृत्यु, पशुपति बृद्धाश्रममा शव अलपत्र

SPIL
NIC ASIA

काठमाडौं । यतिबेला देशको ४२ भन्दा बढि जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ । कोरोना भाइरस नियन्त्रणको लागि राजधानी काठमाडौं भदौंको पहिलो सातादेखि नै निषेधाज्ञा जारी गरिएको छ । २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउन साउन ६ गतेपछि खुल्ला गरिएको थियो । लकडाउन खुल्ला गरेसँगै कोरोना भाइरसको संक्रमण स्थानीय स्तरमा फैलिएको आशंका गरिएको छ । पछिल्लो समय श्रृंखलाबद्ध रुपमा कोरोना भाइरसको कारण मृत्यु भएको खवरहरु आइरहेका छन् । हिजो एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यसै सन्दर्भमा राजधानी उपत्यकाको भक्तपुरमा एक जना कोरोना संक्रमित आफ्नै घरमा आईशोलेशनमा बसेको अवस्थामा मृत्यु भएको छ । भक्तपुर नगरपालिकाको वडा १ दुधपाटी स्थायी घर भएका एक जना कोरोना भाइरस संक्रमित पुरुषको आज मृत्यु भएको हो । आज विहान पाँच बजे ६५ बर्षिय व्यक्तिले होम आईशोलेशनमा बसेकै अवस्थामा मृत्यु भएको भक्तपुर स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।
भदौ ११ गतेदेखि कोरोना संक्रमणका कारण आफ्नै घरमा आइसोलेनमा बसेका ति व्यक्तिको कुनै लक्षणै नदेखिई मृत्यु भएको हो । उनमा कुनै लक्षण नदेखिएपछि घरैमा बस्न अनुमति दिइएको भक्तपुर स्वास्थ्य कार्यालयले जनाएको छ ।

Prabhu
Crest

उता, पशुपतिमा रहेको शान्तिसेवा गृह बृद्धाश्रममा एक बृद्धको शव विगत २४ घण्टादेखि अलपत्र परेको छ । बृद्धाश्रममा २५ वर्षदेखि आश्रय लिँदै आएका ८१ बर्षिय बृद्धको उच्च ज्वरोबाट मृत्यु भएकोमा उनको शव अलपत्र परेको छ । शनिबार विहान उनको मृत्यु भएकोमा आइतबार विहानसम्म पनि परिक्षणको लागि स्वाव ननिकालिएको कारण शवको अन्त्यष्टी गर्न नसकिएको बृद्धाश्रमले जनाएको छ । उनको शव हालसम्म पनि ओछ्यानमै रहेको जनाइएको छ । २४ घण्टाभन्दा बढि समयदेखि शव अलपत्र पर्दा वरपर दुर्गन्ध फैलिन थालिसक्दा समेत स्वास्थ्य मन्त्रालयका अधिकारीहरु उक्त बृद्धाश्रममा नपुगेको जनाइएको छ ।

उनलाई तीन दिनदेखि उच्च ज्वरो लगायतका कोरोनासँग मिल्दोजुल्दो लक्षण देखाएको थियो । सोही कारण ति बृद्ध बस्ने कोठामा सँगै बस्ने अरुलाई अन्यत्र सारिएको थियो । शनिबार विहान नउठेपछि हेर्न जाँदा मृत भेटिएको बृद्धाश्रमले जनाएको छ । उनको मृत्युबारेको विवरण स्वास्थ्य मन्त्रालय, काठमाडौं सिडियो कार्यालय र प्रहरीलाई खवर गर्दा प्रहरी आएर बसेको तर, कुनै निर्णय नभएकोले अलपत्र परेको बृद्धाश्रमले जनाएको छ ।

यसैबीच, ललितपुरको पाटन अस्पतालमा एक जना २९ बर्षिय युवकको हिजो राति मृत्यु भएको छ । गत चैत्र २८ गते पाटन अस्पतालमा भर्ना भएको उनको हिजो राति मृत्यु भएको छ । त्यसैगरी, बुटवलबाट प्राप्त समाचार अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवल उपमहानगरपालिका ५ का एक ६७ बर्षिय पुरुषको मृत्यु भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको देखिएको छ । राजधानी काठमाडौं उपत्यका र तराईका बारा, पर्सा, रौहत, विराटनगर लगायतका घनाबस्ती भएको क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम तीव्र छ ।

नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गर्दा नेपालमा समेत त्रास बढेको हो । भारतमा दैनिक संक्रमणको दर ७८ हजार भन्दा माथि पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार भारतमा हिजो एकै दिन ७८ हजार ७६१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् भने ९४८ जनाको ज्यान गएको छ । भारतमा मृत्युदर अन्य देशहरुको तुलनामा निकै कम छ साथै निको हुने दर समेत उच्च छ ।

सरकारी पहलमा नेपालमा सञ्चालित २० वटा बीमा कम्पनीहरुले कोरोना बीमा गर्दै आएका छन् । कोरोना रोग पुष्टि हुने वित्तिकै दावी भुक्तानी पाइने कोरोना बीमा गर्नेहरुको संख्या १० लाख नाघिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS