IME Life

कुलमान घिसिङ प्राधिकरणबाट हट्ने ! प्रम ओली र अध्यक्ष प्रचण्डको मत बाझियो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका म्यानेजिङ डाइरेक्टर कुलमान घिसिङको पुनः नियुक्ती नहुने  निश्चित जस्तै देखिएको छ । उर्जा मन्त्री वर्षमान पुन तथा प्रम ओली घिसिङप्रति सन्तुष्ट हुन नसकेपछि सरकारले घिसिङलाई पुनः नियुक्ती नगर्ने सम्भावना बढेको हो । चार वर्ष अघि म्यानेजिङ डाइरेक्टर नियुक्त भएका घिसिङको पदावधी यही भदौ २९ गते सकिदैछ । विद्युत प्राधिकरणको निर्देशकको पद रिक्त हुनु एक महिनाअघि देखि नै चर्चा र बहसको विषय बनाएपछि प्रधानमन्त्री केपी शर्मा ओली घिसिङप्रति समेत असन्तुष्ट भएको बताइन्छ ।

सामाजिक सञ्जालमा कुलमान घिसिङको पक्षमा चर्को बहस चलिरहेको बेला उनको नियुक्तीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच घिसिङको सम्बन्धमा मत बाझिएको छ । प्रचण्डले जनताको तहबाट सरकारको आलोचना हुन नदिन पनि कूलमानलाई दोहोर्याउनुपर्ने पक्षमा रहेका छन् । तत्कालिन माओवादी नेता जनार्दन शर्माले नियुक्त गरेका घिसिङलाई अहिलेका उर्जा मन्त्री वर्षमान पुनले पुनः नियुक्ती गर्ने सम्भावना न्यून छ । किनभने पुन र शर्मा आपसमा विरोधी नेताहरु हुन् । अर्को कुरा यसअघि माओवादीको कोटाबाट विद्युत प्राधिकरणमा बसेर कुलमानले जगजगी गरिसकेपछि अब पूर्व एमालेका योग्य व्यक्तिलाई प्राधिकरणमा लैजानुपर्ने प्रम ओलीको अडान रहेको सूत्रहरुको भनाई छ ।

Prabhu
Crest

घिसिङको सन्दर्भमा सामाजिक सञ्जालमा जतिसुकै चर्चा र बहस भएपनि आगामी भदौं २५ गते अगाडि नियुक्ती हुने सम्भावना छैन । उनको पदावधी नै भदौं २९ गते सोमबारसम्म रहेकोले उर्जा मन्त्रालयको सिफारिसमा भदौं २९ गते आसपास वा सो मिति नाघेपछि नयाँ कार्यकारी नियुक्ती हुनेछ । साथै प्राधिकरणले खुल्ला प्रतिस्पर्धाबाट नयाँ सिईओ नियुक्ती गर्ने सम्भावना समेत रहेको छ । खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएको अवस्थामा पनि प्रम ओलीकै हात माथि हुने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS