IME Life
Beema Board

अजोड इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो। जसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी शेयरका सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो।

इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ। कम्पनीको आईपीओमा शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, शेयर प्रत्यभुतकर्तामा ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटल छन्।

Prabhu
Crest

कम्पनीले विहीबारदेखि उक्त आइपीओ निष्काशन विक्री खुला गरेको हो । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइतबार बेलुका पाँच बजेसम्ममा चार लाख १ हजार ५ सय २ लगानीकर्ताले करिब १ करोड ४७ लाख ८५ हजार १ सय ५० कित्ता बढी शेयरको लागि आवेदन दिएका छन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरोशेयरबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS