IME Life
Beema Board

निर्धन उत्थानको अधिकांश सुचक उत्साहजनक, यस्तो देखियो दोस्रो त्रैमास

SPIL
NIC ASIA

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । सस्ंथाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २१ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले ३३ करोड ३२ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको यस अवधिसम्म बेंकले ९० करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म ७६ करोड ९२ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद व्याज आम्दानी १७ प्रतिशतले बढी हो ।

Prabhu
Crest

सञ्चालन नाफा पनि ५१ करोड ७६ लाख ३७ हजार रुपैयाँबाट बढाएर ६३ करोड ९८ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको संचालन मुनाफा २३ प्रतिशतले धेरै हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १२ अर्ब ३२ करोड ४ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको निर्धनले २० अर्ब ५० करोड ९७ लाख ६४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ८९ पैसा (वार्षिक) रहेको यस निर्धनको प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ६७ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS