Connect IPS
IME Life

जीवन बीमा कम्पनीहरुले आर्जन गरे झण्डै ५० अर्ब रुपैयाँ बीमाशुल्क, कुनले गरे कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले झण्डै ५० अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब ८९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । त्यस्तै जीवन बीमा कम्पनीहरुको एकिकृत पुँजीकोषमा भने ३२ अर्ब ५५ करोड रुपैयाँ रहेको तथ्याङ्कले देखाएको छ ।

Prabhu
Crest

पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीले प्रथम बीमाशुल्कबाट १५ अर्ब ३० करोड रुपैयाँ, नविकरण बीमाशुल्कबाट ३० अर्ब ९९ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्कबाट १ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, जीवन बीमा कम्पनीहरुले ६८ लाख ४३ हजार ७ सय ९ वटा बीमा पोलिसीहरु बिक्रि गरेका छन् । जसमध्ये जीवन बीमालेखबाट जीवन बीमा कम्पनीहरुले ६० लाख २१ हजार ५ सय ६२ वटा बीमालेख जारी गरेको छन् भने, वैदेशिक रोजगार बीमालेखमार्फत ८ लाख २२ हजार १ सय ४९ वटा बीमालेख जारी गरेका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमा ५ हजार ४ सय ३१ जना कर्मचारीहरु रहेका छन् भने कुल जीवन बीमा कम्पनीहरुको शाखा कार्यलयहरुको सङख्या १ हजार ८ सय ७ वटा रहेका छन् ।

अर्बमाथि बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु :
बीमा समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा १३ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ७ अर्ब ६९ करोड रुपैया बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले पुस मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ९५ करोड रुपैयाँ, युनियन लाइफले २ अर्ब ४१ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब २७ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ७७ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ५८ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ४१ करोड रुपैयाँ, रिलायबल नेपालले १ अर्ब ८ करोड रुपैयाँ रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

करोडमा बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु :

त्यस्तै, गुराँस लाइफले ९४ करोड रुपैयाँ, ज्योति लाइफले ७४ करोड रुपैयाँ, सन नेपाल लाइफले ५६ करोड रुपैयाँ, आइएमई लाइफले ५८ करोड रुपैयाँ, सिटिजन लाइफले ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, रिलायन्स लाइफले ६१ करोड रुपैयाँ , सानिमा लाइफले ४० करोड रुपैयाँ, प्रभु लाइफले ३० करोड रुपैयाँ, महालक्ष्मी लाइफले २८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS