काठमाडौं । सेन्ट्रल फाइनान्सले ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसर्थ, कम्पनीले नगदमा ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ खर्च गर्नेछ । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।