Prabhu Life Ad Final

सामाजिक सुरक्षा कोषले आफै बीमा सेवा सञ्चालन गर्ने

IME PAY

काठमाडौं । गत वर्षदेखि सञ्चालनमा आएको सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्ताहरुको स्वास्थ्य, दु्र्घटना तथा अशक्तता सुरक्षा योजनालगायतका बीमा सम्बन्धी काम आफैले गर्न पहल सुरु गरेको छ । यसअघि अर्को सरकारी संस्था कर्मचारी सञ्चय कोषले आफ्ना सदस्यहरुको स्वास्थ्य बीमा सेवा बन्द गरी ‘स्वास्थ्य उपचार खर्च शोधभर्ना’ को नाममा आफैले बीमा सञ्चालन गरेको थियो ।

सरकारी निकायले आफै बीमा नभनीकन बीमा सेवा सञ्चालन गर्ने क्रम बढेपछि नेपालमा बीमा कम्पनीहरुको औचित्य समाप्त गर्ने खोजेको भन्दै निजि क्षेत्र विरोध गर्ने क्रम पनि सुरु भएको छ । सामाजिक सुरक्षा कोषले स्वास्थ्य बीमा बोर्डसँग सहकार्य गर्ने प्रक्रियालाई रोकेर आफैले बीमा सेवा सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ।

NCHL

कोषमा हालसम्म आवद्ध भएका योगदानकर्ताको स्वास्थ्य बीमाको लागि केहि समयअघि नेपाल सरकारले अघि सारेको स्वास्थ्य बीमामा सहभागी हुने कुरा थियो, अब अस्पतालसँग सिधैं समन्वय गर्ने पक्रिया अघि बढाएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले इन्स्योरन्स खबरलाई जानकारी दिए ।

योगदानकर्ताहरुलाई स्वास्थ्य उपचार सुविधा प्रदान गर्न अस्पतालहरुसँग सिधैं कोषले सहकार्य प्रकृया अघि बढाउने काम भइरहेको उनले बताए । त्यसका लागि कोषले एक सुचना जारी गर्दै देशैभरिका अस्पतालहरुलाई कोषमा सूचिकृत हुन भनेको छ । सूचनामा एमओयु सम्झौता गरी अस्पतालमा योगदानकर्ताहरुलाई सिधैं उपचारको व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।

योगदानकर्ताहरुलाई सजिलोका लागि सिधैं अस्पतालसँग सम्झौता गर्न लागिएको कोषको भनाई छ । यही पुस ६ गते जारी सूचनामा योगदानकर्ताको उपचारमा सहभागी हुन चाहने अस्पताललाई एमओयु गर्न प्रस्ताव आह्वान गरिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x