IME Life

नेपाली बीमा कम्पनीको हवाइ बीमा पोलिसीमा ०.३० प्रतिशत मात्रै जोखिम बहन, पुनर्बीमा कमिसनकै भरमा पोलिसी बिक्री

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा निर्जीवन बीमा कम्पनीहरुले हवाइ पोलिसीमा ०.५ प्रतिशत पनि जोखिम नलिने गरेको पाइएको छ । निर्जीवन बीमा कम्पनीहरुले हवाइ पोलिसीको व्यवसायमा पुनर्बीमा कम्पनीहरुबाट प्राप्त हुने कमिसनबाटै मुनाफा आर्जन गरेका छन् । कम्पनीहरुले आफुले लिएको पोलिसीको ०.३३ प्रतिशत आफुले लिएर ९९.७ प्रतिशत पुनर्बीमा कम्पनीहरुलाई पठाउने गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार कम्पनीहरुले चालु आर्थिक वर्षको २०७७/७८ को दोस्रो त्रैमाशिक अवधिसम्ममा ५९ वटा हवाइ पोलिसी बिक्री गरेका छन् । उक्त पोलिसीबाट कम्पनीहरुले ७२ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । उक्त पोलिसीको ९९.७० प्रतिशत पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरेर बाँकी व्यवसाय गर्दा बीमा शुल्क मार्फत नाफा हुँदैन । तर पुनर्बीमा कम्पनीहरुले व्यवसाय प्रदान गरे बापत भुक्तानी गर्ने कमिसनले नै नाफा गर्ने गरेका छन् ।

Prabhu
Crest

हवाइ बीमा पोलिसीमा धेरै नै जोखिम हुने भएकाले एकदमै कम जोखिम लिने गरिएको आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत योगेस भक्त बादे श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो पोलिसी बिक्री गरे कम्पनीलाई एकदमै थोरै मुनाफा आर्जन हुने तर पुनर्बीमा कम्पनीबाट प्राप्त हुने कमिसनले खर्च धान्नु पर्ने हुन्छ ।

बीमा समितिले भने बीमा कम्पनीहरुलाई हवाइ बीमा पोलिसीको कम्तिमा पनि ०.५५ प्रतिशत जोखिम बहन गर्नु पर्ने हुन्छ । चालु आर्थिक वर्ष ६ महिनाको अवधिमा १७ निर्जीवन बीमा कम्पनीहरुले हवाइ बीमा पोलिसी मार्फत ७२ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर उक्त पोलिसीमा बीमा कम्पनीले यसै अवधिमा ८ लाख ३४ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेका छन् ।

२० वटा निर्जिीवन बीमा कम्पनीहरुमध्ये सानिमा जनरल इन्स्योरेनस, दि ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी बाहेक अन्य कम्पनीहरुले भने हवाई इन्स्योरेन्स गराउँदै आईरहेका छन् । हवाई बीमामा सबैभन्दा बढी प्रभु इन्स्योरेन्सले ३१ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर यसै अवधिमा कम्पनीले १० हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको देखिन्छ ।

पोलिसी संख्याका हिसावले सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स कम्पनी छ । कम्पनीले यसै अवधिमा १७ वटा हवाइ पोलिसी बिक्री गरेर १४ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दाबी भुक्तानी भने ४ लाख ४७ हजार रुपैयाँको गरेको छ ।

त्यस्तै राष्ट्रिय बीमा संस्थाले तीन वटा हवाइ पोलिसी बिक्री गरेर १६ करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यो पोलिसीमा कम्पनीले २ लाख एक हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

बीमा समितिका अनुसार आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १३ वटा हवाइ बीमा पोलिसी बिक्री गरेर ६ करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कतिपय बीमा कम्पनीहरुको हवाइ बीमा पोलिसीमा खासै बीमा शुल्क आर्जन भएको देखिदैन भने केहि कम्पनीको हवाइ पोलिसी संख्या नहुँदा पनि बीमा शुल्क आर्जन भने भएको देखिन्छ ।

समितिका अनुसार हिमालयन जनरल इन्स्योरेन्सले तीन करोड रुपैयाँ,  एनएलजी इन्स्योरेन्सले ‍१६ लाख ४९ हजार रुपैयाँ,  अजोड इन्स्योरेन्सले २१ लाख ३६ हजार रुपैयाँ,  सगरमाथा इन्स्योरेन्सले ४ लाख ७ हजार रुपैयाँ,  प्रिमियर इन्स्योरेन्सले ३६ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, लुन्बिनी जनरल इ्न्स्योरेनसले १ लाख ३१ हजार रुपैयाँ,  जनरल इन्स्योरेन्सले एक लाख ३२ हजार रुपैयाँ,  एभरेष्टले एक लाख ३० हजार रुपैयाँ,  नेपाल इन्स्योरेन्सले एक लाख ३२ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले ६५ करोड रुपैयाँ,  सिद्धार्थ इन्स्योरेन्सले ३२ हजार रुपैयाँ,  युनाइटेड इन्स्योरेन्सले १६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

नेपालमा उडान गर्ने वायुसेवा कम्पनीमा बीमानको संख्या बढे सँगै हरेक वर्ष बीमा कम्पनीहरुको यस बीमा पोलिसीको बीमा शुल्क बढिरहेको छ । हवाइ बीमा पोलिसीको दाबी भुक्तानी पर्दा कम्पनीलाई धेरै नोक्सान हुने भएकाले बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीले खासै जोखिम बहन गर्दैनन् । एउटा हवाइ जहाज दुर्घटना हुँदा यसको प्रभाव विश्वकै बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरुमा पर्न जान्छ । पुनर्बीमा कम्पनीहरुले पनि रेट्रोसेसन मार्फत अन्य पुनर्बीमा कम्पनीमा जोखिम हस्तान्तरण गर्ने क्रममा जोखिम विश्वमै फैलिने गर्दछ ।

नेपालको भौगोलिक अवस्थिती एकदमै जटिल हुने भएकाले हवाइ दुर्घटना अत्याधिक हुने गरेको छ । हवाइ दुर्घटनाको संख्या बढ्दा हावाइ बीमा पोलिसी पनि महंगो पर्ने गरेको छ । नेपालमा अहिलेसम्म ९० वटा भन्दा धेरै हवाइ दुर्घटना भैसकेको छ । नेपाली वायुसेवाले एक अर्बको जहाजलाई औसतमा सात करोड रुपैयाँ भन्दा धेरै बीमा शुल्क बुझाउनुपर्ने हुन्छ ।

नेपालमा निर्जिवन बीमा कम्पनीबाट नै हवाई जहाज तथा हेलिकप्टरको बीमा हुने गरेको छ। सबै निर्जीवन बीमा कम्पनीहरुले यस्तो हवाई बीमा गरेका छैनन् । बीमा कम्पनीहरुमा आफैं पूर्ण जोखिम बहन गर्ने क्षमता छैन ।

हवाई बीमा गर्दा जहाजको हल, लियाबिलिटी (तेस्रो पक्षसहितको), हल बार वा आतंकवाद र पाइलट बीमा गरी वर्गीकरण गरिएको हुन्छ। यस्तो बीमा रकमको प्रिमियम तोक्ने काम भने सम्बन्धित बीमा कम्पनीले गर्छ । हवाइ बीमा पोलिसीको ट्यारिफमा बीमा समितिले खासै हस्तक्षेप गर्ने गरेको छैन । पुनर्बीमा गर्दा पर्ता पर्ने गरि बीमा कम्पनीहरुले बीमा गर्ने गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS