Siddhartha Bank
GBIME
IME Life

कोरोनाको कहरमा समेत ३१ प्रतिशतले बढ्यो बीमा व्यवसाय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुले कोरोना महामारीको कहरमा पनि आफनो व्यवसाय ओराले लाग्न दिएनन् । बीमा कम्पनीहरुले आठ महिना अवधिमा एक खर्ब माथि बीमा व्यवसाय गर्न सफल भएका छन् ।  कोराना महामारीपश्चात् व्यवसाय घट्ने अनुमान बीमा विज्ञहरुले गरेपनि बीमा कम्पनीले भने आफनो व्यवसाय ओरालो लाग्न दिएका छैनन् ।

कोरोनाको कहरमा सबैले आ–आफनो क्षेत्रबाट जनउत्तरदायित्व अन्तर्गत छुट र विविध सेवा प्रदान गरेसँगै बीमा समितिले कोरोना बीमाको सुरुवात गरेको थियो । कारोना भाईरसको संक्रमण बढेसँगै कोरोना दाबी भुक्तानीमा समस्या आउन थालेपछि  समितिले दाबी भुक्तानीमा कडाई गरेसँगै यसले बीमा व्यवसायमा नै हेर्न दुष्किोणमा परिर्वतन आउने हो कि भन्ने धारणा बीमा विज्ञहरुमा रहेको थियो ।

SKYWELL
Crest

तर बीमा कम्पनीहरुले यस्ता समस्यालाई निराकरणको बाटो रोज्दै बीमा व्यवसाय वृद्धिका लागि अनलाईन मार्फत बीमा नविकरण गर्ने र नयाँ बीमा पोलिसी लिन पाउने जस्ता सुविधा बीमितमाझ राखेको थियो । लकडाउनको अवस्थामा पनि बीमा कम्पनीहरुले आफनो व्यवसायलाई  अनलाईन मार्फत बीमा व्यवसायलाई निरन्तरता दिएका थिए।

बीमा समितका कार्यकारी निर्देशक राजु रमण पौडेलले प्रत्येक बर्ष झै बीमा व्यवसाय बढ्दै गईरहेको बताए । उनले विश्वभर फैलिएको कोरोना महामारीको कारण  समस्या भोग्नु परेपनि कोरनो महामारी घट्दै गएपछि बीमा व्यवसायमा कम्पनीहरु एकटिभ रुपमा लागेको कारण यस बर्ष बीमा व्यवसायमा गिरावट नआएको बताए ।

अघिल्ला आर्थिक वर्षहरुको तुलनामा बीमा व्यवसायको वृद्धिदर राम्रो रहेको उनको धारण रहेको छ । साथै उनले आर्थिक वर्षको अन्तिम समयमा बीमा व्यवसाय बढ्ने समय रहेको बताए।

संचालित १९ जीवन बीमा र १९ निर्जीवन बीमा कम्पनीहरुले सो बराबरको व्यवसाय गरेका हुन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्कमा राष्ट्रिय बीमा कम्पनीको भने तथ्याङ्क सार्वजनिक भएको छैन ।

राष्ट्रिय बीमा कम्पनीको पूरानो अडिटको काम सम्पन्न नसकेको कारण बीमा समितिले उपल्बध गराएको तथ्याङ्कमा समावेश गराईएको छैन । ३८ वटा बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको फागुण मसान्तसम्ममा १ खर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनाको अवधिसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीले कुल १ खर्ब २ अर्बरुपैयाँ बराबरको व्यवसाय गरेका छन् । गत आर्थिक बर्षको २०७६÷७७ आवको आठ महिना अवधिमा जीवन तथा निर्जीवन गरी कुल ७८ अर्ब १० करोड रुपैयाँ बराबरको व्यवसाय भएको थियो । गत बर्षको तुलनामा समग्र बीमा व्यवसायमा ३१ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ।

जीवन बीमा कम्पनीले आठ महिनाको अवधिमा ८२ अर्ब २० करोड र निर्जीवन बीमा व्यवसायतर्फ २० अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

गत आर्थिक बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुले  जीवन बीमातर्फ ६० अर्ब २२ करोड रुपैयाँ र निर्जीवन बीमा व्यवसायतर्फ १७ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका थिए ।

गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीको बीमा व्यवसाय ३६ प्रतिशत र निर्जीवन बीमा कम्पनीको बीमा  व्यवसाय १३ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

जीवन बीमा कम्पनीहरुले ०७६ फागुन मसान्तको तुलनामा ०७७ फागुन मसान्तसम्ममा ३६.६९ प्रतिशत अर्थात् ७ अर्ब ५४ करोडले प्रथम बीमा शुल्क संकलन बढाएको बीमा समितिले जनाएको छ । समग्र जीवन बीमा क्षेत्रको कुल प्रथम बीमा शुल्क बढे पनि २ वटाको भने घटेको छ ।

गत वर्षको फागुन मसान्तसम्म २० अर्ब ५५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए ।

जुन चालु आवको सोही अवधिमा २८ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा सबैभन्दा राम्रो व्यवसाय बिस्तार गर्ने कम्पनीमा सो अवधिमा सबैभन्दा थोरै प्रथम बीमा शुल्क संकलनको वृद्धिदर एलआइसीको रहेको छ भने मेट लाइफ र राष्ट्रिय बीमा संस्थानको प्रथम बीमा शुल्क संकलन वृद्धिदर घटेको छ ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुमध्ये १६ कम्पनीको व्यवसाय बढाएको तथ्याङ्कले देखाएको छ।  हिमालयन जनरल, ओरियन्टल र नेशनल इन्स्योरेन्सको बीमा शुल्क संकलन घटेको छ ।

एक बर्षको अवधिमा निर्जिवन बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी र नेको इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको बीमा व्यवसाय वृद्धिदर राम्रो गरेको तथ्याङ्कले देखाएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS