काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्सको पुस १५ गते मंगलबार बसेको २४७ औं बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र ५.५ प्रतिशत कर सहित नगद लाभांश गरी १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।