काठमाडौं । मुक्तिनाथ विकास बैंक र टेस्ला डाएग्नोस्टिक क्लिनिक, वालुवाटारबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई क्लिनिकको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
उक्त सम्झौता पत्रमा टेस्ला डाएग्नोस्टिक क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग ले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पछि मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले टेस्ला डाएग्नोस्टिक क्लिनिक, वालुवाटारमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।