IME Life
Beema Board

कम्पनीले बीमा नै गरिदिदैनन् : कृषक

SPIL
NIC ASIA

ललितपुर स्थित छम्पीमा सहरी परिवेशमा हुर्केका बालबालिकाहरुलाई ग्रामीण क्षेत्रको परिवेश प्रयोगात्मक तरिकाले देखाउनको लागि एडु फर्म संचालनमा ल्याएको छ ।

गोर्खाको सोम पनेरु र स्थानिय दिपक थापाले १८ रोपनी जग्गा भाडामा लिएर एडु फर्म सञ्चालन गरेका हुन् । फर्ममा गाई, भैसी, भेडा, बाख्रा, लौकाट, टर्की, बट्टाई, लुइचे, कुखुरा, खरायो तथा कुखुराको विभिन्न प्रजातिहरुका पंन्छीहरु छन् ।

Prabhu
Crest

उनीहरु सबै पन्छीको बीमा गराउँन चाहन्छन् । तर, सबै पन्छीको बीमा नहुँदा बीमा गराउँन नसकिएको सञ्चालक पनेरु बताउँछन् ।

उनीहरुका अनुसार टर्की प्रजातिको पन्छीको मूल्य उच्च पर्छ । तर, बीमा कम्पनीहरुले टर्कीको बीमा गर्न नचाहेको उनले बताए । ‘यो प्रजाति नयाँ भएकोले कम्पनीहरुले बीमा नै गर्न मानेन् । पछि पशुपन्छी बीमामा नै यसको पनि बीमा गरियो,’उनले भने । उनीहरुले शिखर इन्स्योन्समा सबै पशुपन्छीको बीमा गराएका छन् ।

कुखुरा मर्यो भने दुई तीन हजार मात्रै घाटा हुन्छ । तर टर्की  मर्यो  भने सात आठ हजार घाटा हुन्छ । त्यसैले बाध्य भएर हामीले टर्कीको बीमा पनि कुखुराको बीमा योजनामा नै गर्नुपरेको उनीहरुले गुनासो गरे ।

आठ बर्ष विदेश बसेर आएर मेलम्ची तीन खड्का छापका पुरुषोत्तम खतिवडाले पनि गाउँमा नै बसेर कृषि व्यवसाय सुरु गरे । उनले तीन हजार लेयर्स कुखुरा पालेका छन् । उनले कुखुराका बीमा गराउँन चाहे तर, बीमा कम्पनीहरुले चासो नदेखाउँदा उनले बीमा गर्न पाएका छन् । ‘मैले बीमा कम्पनीको शाखामा खबर गरे तर चासो नै देखाएनन्,’ उनले भने ।

गाउँ जादैनन् बीमा कम्पनी

बीमा समितिले कृषि बीमाका लागी बीमा कम्पनीहरुलाई जिल्ला नै तोकेर बीमा गर्न निर्देशन दिए पनि कम्पनीहरु भने गाउँमा गएका छैनन् । ग्रामिण क्षेत्रमा जादा सञ्चालन खर्च बढी हुने भएपछि कम्पनीहरु शहरमा केन्द्रित भएका हुन् । जसका कारण कृषकहरुले बीमा सुविधा पाउँन सकेका छैनन् ।

कम्पनीका अर्का संचालक दिपक थापाले पनि कृषिमा किसानले चाहेको पशुपन्छीको बीमा नभएको गुनासो गरे । हामीले बिभिन्न बीमा कम्पनीहरुमा पनि यस बिषयमा प्रश्न राखेका थियौ । तर यस्तो बीमालेख नरहेको कम्पनीहरुले बताएको उनीले बताए ।

बीमामा स्पष्टता छैन

बीमा कम्पनीले जारी गर्ने बीमा योजना स्पष्टता नभएको एडु फर्म संचालक सोम पनेरुले बताए । ‘४२ दिनमा तयार हुने कुखुरा र ६ महिनामा तयार हुने कुखुराको एउटै रेटमा बीमा गराईरहेको छ । यो हुनु हुदैन । यसबाट हामीलाई केही क्षती भईहाल्यो भने ठूलो मात्रामा जोखम सुरक्षण हुँदैन,’ उनले भने ।

दाबी अवधि छोटो भयो

पशुपन्छि बीमामा दाबी भुक्तानीको अवधि छोटो भएको एडु र्फमका सञ्चालक थापाले बताए । ‘कतिपय अवस्थामा दाबी गर्दा धेरै समय लाग्छ । तर, बीमा योजना अनुसार तत्काल दाबी गर्नुपर्नेछ । त्यसैलाई यो व्यवस्थालाई हटाउँनु पर्छ,’ उनले भने । साथै कृषि बीमामा सहभागी भएपछि १५ दिनको समयअन्तरालमा निरिक्षण गर्नुपर्ने उनले सुझाव दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS