Prabhu Life Ad Final

लुक्लामा भएको बीमान र हेलिकप्टर दुर्घटनाबाट बीमा कम्पनीमा करिब ६० करोडको दाबी

IME PAY

बैशाख एक गते समिट एयरको बिमान र मनाङ एयरको हेलिकप्टर दुर्घटनाबाट नेपाली निर्जीवन बीमा कम्पनीमा करिब ६० करोडको दाबी पर्ने अनुमान गरिएको छ । कम्पनीले गरेको तेस्रो पक्ष दाबीका अनुसार उक्त रकम बराबरको दाबी पर्ने देखिएको बीमा समितिले बताएको छ ।

समितिका अनुसार समिट एयरको बीमा नेपाली निर्जीवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीमा बीमा भएको थियो । एयरलाईन्सले तेस्रो पक्ष दुर्घटनाको दाबी गरेको समितिले बताएको छ ।

NCHL

२०७६ सालको सुरुवातसँगै सोलुखुम्बुको तेन्जिङ्ग हिलारी विमानस्थल लुक्लामा विमान दुर्र्घटना हुदाँ तीन जनाको मृत्यू भएको थियो । समिट एयरको बिमान लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा धानवमार्गबाट चिप्लिएर दायाँतिर मोडिदा मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किए पछि दुर्घटनामा परेको थियो ।

नाईन एन एएमएच कलसाईनको विमान तीव्र बेगमा पंखा घुमाएर उच्च गतिमा गुड्न थालेको ५ सेकेण्डमै दुर्घटनामा परेको थियो । धानवमार्गमा करिब एक सय जति गुड्न नपाउँदै जहाज दायाँतिर मोडिएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा विमानस्थल सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ, पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र समिट एयरका कोपाईलट सुजित ढुगांनाको मृत्यू भएको थियो ।

त्यस्तै, मनाङ एयरका हेलिकोप्टरका क्याप्टेन टेकबहादुर गुरुङ र समिट एयरका क्याप्टेन रबिन्द्र बहादुर रोकाय र मनाङ एयरका कर्मचारी लाक्पा शेर्पा घाईते भएका थिए ।

गत फागुन १५ गते ताप्लेजुङमा भएको एयर डाइनेष्टि को हेलिकप्टर दुर्घटनाबाट करिब २७ करोड रुपैयाँ बराबरको दाबी परेको थियो । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले एयर डाइनेस्टीको हेलिकप्टरको बीमा गरेको थियो ।

कम्पनीले ९९.५ प्रतिशत पुर्नबीमा गराएको छ भने ०.५ प्रतिशत खुद धारण गरेको छ ।नेपालमा उड्ने होलिकप्टरको औषत मूल्य २५ देखि ३० करोड रुपैयाँसम्म पर्ने गर्दछ । साथै होलिकप्टर यात्रुको प्रतिव्यक्ति बीमांक रकम २० हजार डलर रहेको छ ।

हेलिकप्टर पाईलटको औषत ५० देखि १ लाख डलर बराबरको बीमा गर्ने व्यवस्था रहेको छ । यो व्यवस्था कम्पनी अनुसार फरक फरक हुन सक्छ ।

यसका अक्तिरिक्त होलिकप्टर बीमा गर्दा रिक्स एण्ड अपरेसन जोखिम बापत १० डलर बराबरको बीमा गरिन्छ ।हवाई बीमा नेपाली बीमा कम्पनीहरुले अधिंकाश जोखिम पूर्नबीमा गर्ने भएकाले नेपाली बीमा कम्पनीमा खासै भार नपर्ने बीमा समितिले बताएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेखभीरमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षण पछि मन्त्री अधिकारी सहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा दुर्घटना भएको थियो ।

हेलिकप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x