SKIP THIS

MLBL
IME Life
Beema Board

वैदेशिक रोजगार जीवन बीमालेखः यस्ता छन् रक्षावरणको व्यवस्था

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख निर्देशन, २०८० जारी गरेको छ। बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकारी प्रयोग गरी प्राधिकरणले यो बीमालेख निर्देशन जारी गरेको हो। यो निर्देशन २०८० फागुन २४ गतेदेखि प्रारम्भ भइसकेको छ।

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि निषेध गरेका मुलुकमा जाने व्यक्तिका लागि यो बीमालेख जारी गर्न नपाइने व्यवस्था निर्देशनमा गरिएको छ। बीमकले वैदेशिक रोजगारीका लागि विदेशमा रही श्रम स्वीकृति मान्य रहेको बीमितबाट आवश्यक कागजात तथा बीमाशुल्क प्राप्त गरी वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख जारी गर्न सक्नेछ। यसरी बीमालेख जारी गर्दा अनुसूची–४ बमोजिम घात रोगहरुको पूरक करार अनिवार्य रुपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

Prabhu
Crest

यसैगरी बीमकले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको बीमालेख जारी गर्दा प्रचलित कानुनको अधीनमा रही मुद्रित वा डिजिटल वा इलेक्ट्रोनिक प्रतिसमेत आवश्यकताअनुसार जारी गर्न सक्ने व्यवस्था निर्देशनमा गरिएको छ।

वैदेशिक रोजगारमा श्रमिक जाँदा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौताभन्दा ६ महिना बढी अवधिका लागि यो बीमालेख जारी गर्नुपर्नेछ। बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति उल्लेख गर्नुपर्नेछ।
बीमालेख जारी हुने मिति र जोखिम प्रारम्भ हुने मिति फरक पारी बीमालेख जारी गर्न पाइने छैन। तर, बीमालेख नवीकरणको हकमा जोखिम प्रारम्भ मितिभन्दा अघि नै बीमालेख जारी गर्न सकिनेछ।

बीमकले प्रस्ताव फाराम तथा तालिकामा भर्नुपर्ने विवरण पूरा नभरी यो बीमालेख जारी गर्न पाउने छैनन्। फारामका साथ अनिवार्य रुपमा बीमा गर्न लागिएको व्यक्तिको राहदानी, मेडिकल रिपोर्ट र भिसाको प्रतिलिपि समावेश गरिनुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ।

यस्ता छन् रक्षावरणको व्यवस्था

मृत्युको जोखिम बहन

१. बीमितको कुनै पनि कारणबाट स्वदेशमा मृत्यु भएमा निम्नबमोजिमको दाबी भुक्तानी प्रदान गरिनेछः

  • कुनै पनि कारणबाट हुने मृत्युः बीमितको कुनै पनि कारणबाट मृत्यु भएमा निजको आश्रित परिवारका सदस्यलाई रु. १० लाख बीमांक रकम दाबी भुक्तानी दिइनेछ ।
  • किरिया खर्चः बीमितको मृत्यु भएको अवस्थामा रु. १ लाख किरिया खर्चबापत दावी भुक्तानी दिइनेछ ।
  • आय क्षतिपूर्तिः बीमितको मृत्यु भएको अवस्थामा आयको नोक्सानीबापत थप रु. २ लाख रकम दाबी भुक्तानी दिइनेछ ।

२. बीमितको कुनै पनि कारणबाट विदेशमा मृत्युमा भएमा निम्नबमोजिमको दाबी भुक्तानी प्रदान गरिनेछः

  • कुनै पनि कारणबाट हुने मृत्युः बीमितको मृत्यु भएमा निजको आश्रित परिवारका सदस्यलाई रु. १० लाख बीमा)क रकम दाबी भुक्तानी दिइनेछ।
  • किरिया खर्चः बीमितको मृत्यु भएको अवस्थामा रु.१ लाख किरिया खर्चबापत दाबी भुक्तानी दिइनेछ ।
  • आय क्षतिपूर्तिः बीमितको मृत्यु भएको अवस्थामा आयको नोक्सानीबापत थप रु. २ लाख रकम दाबी भुक्तानी दिइनेछ ।
  • शव स्वदेशमा ल्याउन लागेको खर्चः बीमितको विदेशमा मृत्यु भई शव स्वदेशमा ल्याइएको व्यहोरा प्रमाणित भएमा रु. १ लाख शव स्वदेशमा ल्याउन लागेको खर्चबापत दाबी भुक्तानी दिइनेछ ।

स्थायी पूर्ण अशक्तताः बीमित स्थायी पूर्ण अशक्तता भएमा रु. १० लाख बीमांक रकम दाबी भुक्तानी दिइनेछ।

आंशिक पूर्ण अशक्तताः बीमित आंशिक पूर्ण अशक्तता भएमा नियमबमोजिमको रकम दाबी भुक्तानी बीमकले दिनुपर्नेछ।

घातक रोग उपचार सुविधाः बीमकले वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेखअन्तर्गत घातक रोगहरुका लागि अनिवार्य रुपले बीमा सुरक्षण दिनुपर्नेछ।

बीमितको बीमा गर्ने प्रयोजनको लागि निदान भएका देहायबमोजिमका सूचीकृत रोगहरुलाई घातक रोग मानिनेछः

  • क्यान्सर
  • मिर्गौला फेलियर
  • प्राइमरी पल्मनरी आर्टरीयल हाइपरटेन्सन
  • मल्टिपल स्कलरोसिस
  • महत्वपूर्ण अंग प्रत्यारोपण
  • कोरोनरी आटरीयल बाइपास ग्राफ्ट
  • अयोर्टा ग्राफ्ट सर्जरी
  • मुटुको भल्भको सर्जरी
  • स्ट्रोक
  • पहिलो हृदयाघात
  • कोमा
  • पूर्ण अन्धोपन
  • प्यारालाइसिस
  • बेनाइन ब्रेन ट्युमर
  • दुर्घटनाको कारणले टाउकोमा भएको गम्भीर चोटपटक

बीमकले घातक रोग लागेको निदान भएमा उपचार खर्चबापत रु.५ लाख दाबी भुक्तानी दिनुपर्नेछ।

औषधोपचार खर्चः देहायबमोजिमको अवस्था भएमा बीमितलाई वास्तविक खर्च बराबर अधिकतम रु. १ लाख दाबी भुक्तानी दिइनेछः

  • घातक रोगको निदानपूर्व गरिएको औषधोपचार खर्च
  • दुर्घटनाबाट लागेको चोटपटकका लागि आवश्यक औषधोपचार खर्च

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS