IME Life
Beema Board

ग्लोबल आईएमई लघुवित्तको लोभ लाग्दो ग्रोथ

SPIL
NIC ASIA

ग्लोबल आईएमई लघुवित्तले आफ्नो तेश्रो त्रैमास विवरण सार्वजनिक गरेको छ। कम्पनीले तेश्रो त्रैमास सम्म ४ करोड ८  लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म कम्पनीले १  करोड १४  लाख रुपैयाँ कमाएको थियो । चुक्ता पुँजी १५ प्रतिशतले वृद्धि भएको र खुद नाफामा आएको २५६  प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीपनि २०९  प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रति शेयर आम्दानी ४९ रुपैयाँ २८ पैसा रहेको छ, गत वर्ष तेश्रो त्रैमास सम्म आउँदा कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैया ९३ पैसा  थियो ।

Prabhu
Crest

प्रमुख आम्दानी को श्रोत खुद व्याज आम्दानीमा देखिएको १३९  प्रतिशतको वृद्धिले गर्दा कम्पनीको खुद नाफामा वृद्धि देखिएको हो।

कम्पनीले निक्षेप, कर्जा र सापटी रकमको आकारलाई वृद्धि गर्न सफल भएको छ। निक्षेप १४१  प्रतिशतले वृद्धि हुँदै  ७१  करोड २९ लाख पुगेको छ, सापटी रकम २२५  प्रतिशतले वृद्धि हुँदै २  अर्ब ६९  करोड पुगेको छ भने कर्जा २२२ प्रतिशतले वृद्धि हुँदै २  अर्ब ८३  करोड पुगेको छ। खराब कर्जा १ दशमलव २६ प्रतिशतबाट घटेर ० दशमलव ४७ प्रतिशत पुगेको छ।

कम्पनीको वर्तमान बजार मूल्य १११०  रहेकोमा कम्पनीको मूल्य आम्दानी अनुपात २३ गुणा छ। कम्पनीको किताबी मूल्य २  प्रतिशतले वृद्धि हुँदै १५०  रुपैयाँ ६८  पैसा पुगेको छ भने मूल्य र किताबी मूल्यको अनुपात ७  दशमलव ३७  गुणा छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS