कम्पनीको प्रकार: निर्जीवन बीमा
Symbol: EIC
प्रधान कार्यालय : हात्तिसार, काठमान्डौ
सेयर रजिष्ट्रार : एनएमबी क्यापिटल
वेबसाईट : www.everestinsurance.com
पूँजी वृद्धिको अवस्था
आवश्यक न्युनतम चुक्ता पुँजी : १ अर्ब
हाल रहेको पुँजी : २७ करोड ३९ लाख
वृद्धि गर्नु पर्ने पुँजी : ७२ करोड ६० लाख
वृद्धि गर्नु पर्ने पुँजी प्रतिशत : २६५ प्रतिशत
प्रस्तावित हकप्रद पछि कम्पनीको कायम हुने पुँजी : १ अर्ब ९ करोड
आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव : अझै बाँकी छ
प्रमुख गतिविधि :
एभरेस्ट इन्स्योरेन्स ३०० प्रतिशत हकप्रद शेयर बिक्री गर्नका निमित्त धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले केही समय अघि १०५ प्रतिशत सस्थापक हकप्रद शेयर बिक्री प्रक्रिया सम्पन्न गरे पश्चात सो हकप्रद शेयर नेपाल स्टक एक्चेञ्जमा सुचिकिकरण गरिसकेको छ । सस्थापक र साधारण शेयरको अनुपात ५१ बराबर ४९ कायम गर्न कम्पनीले यस अघि १०५ प्रतिशत सस्थापक हकप्रद शेयर निष्काशन गरेको थियो । १०५ प्रतिशत सस्थापक हकप्रद पश्चात अहिले कम्पनीको पूँजी २७ करोड ३९ लाख रहेको छ ।
धितोपत्र बोर्डमा अनुमतिका लागि पुगेको ३०० प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब ९ करोड पुग्ने छ । धितोपत्र बा‘र्डले अनुमति दिए पश्चात कम्पनीले बुक क्लोग गरी हकप्रद बिक्री खुला गर्ने छ ।
एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :
*कम्पनीले १०५ प्रतिशत सस्थापक हकप्रद शेयर निस्काशन गरिसकेकोले सो हकप्रद शेयरलाई पुँजीमा समावेश गरेर प्रति शेयर आम्दानी गणना गरिएको छ ।
एभरेस्ट इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफा २ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा २ करोड ३७ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ६ प्रतिशतले कम भएको छ ।
- इन्स्योरेन्सको जगेडा कोषको आकार ५६ प्रतिशतले वृद्धि भएर १२ करोड ३३ लाख पुगेको छ ।
- कम्पनीको बीमा कोष १२ प्रतिशतले वृद्धि गरेर २० करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
- कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ३८ करोड ९८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा
- शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ४६ प्रतिशतले वृद्धि भएको छ ।
- कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा १९४ प्रतिशतले वृद्धि भएर १८ करोड ८० लाख पुगेको छ ।
- यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम ३३२ प्रतिशतले वृद्धि भएर १६ करोड ७५ लाख रहेको छ भने खुद दावी
- भुक्त्तानी ४ करोड २३ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा १४८ प्रतिशतले धेरै हो भने ३९ करोड ७३ लाख दावी भुक्तानी गर्न बाँकी छ ।
- कम्पनीको प्रति शेयर आम्दानी ४८ प्रतिशतले कम हुँदै १८ रुपैयाँ ३६ पैसा रुपैँया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ३५ रुपैयाँ ५७ पैसा थियो ।
निष्कर्ष :
कम्पनीले ३०० प्रतिशत हकप्रद पश्चात आफ्नो १ अर्ब पुँजीको लक्ष्य हासिल गर्दै छ। कम्पनीले पूँजी वृद्धिको क्रममा निकै आक्रामक रुपमा हकप्रद शेयर निस्काशन गरेको छ । जसले गर्दा कम्पनीलाई भविष्यमा प्रति शेयर आम्दानी र लाभांसको सन्तुलन राख्न केही अप्ठेरो पर्ने देखिन्छ ।
कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :
कम्पनीकोे विगत ५ वर्षको लाभास :
(प्रतिशतमा)
उपलब्ध आधिकारिक तथ्यांकबाट तयार गरिएको यो विस्लेषण पूर्ण होइन, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।