गुराँस लाइफ इन्सुरेन्सले पुन :१०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफा बाट ८५ बोनस सेयर दिने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।
प्रस्तावित बोनस र धितोपत्र बोर्डबाट स्वीकृत भइसकेको ५० प्रतिशत हकप्रद सेयरपछि कायम हुने ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।
कम्पनीले २९ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति पाएको हो । यस्तै, गुराँसले ८ प्रतिशत बोनस सेयरमा लाग्ने कर तिर्न २५ लाख १ हजार ५३ रुपैयाँ नगद लाभांश पनि दिनेछ ।
आर्थिक वर्ष २०७३र७४ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने लागायतका प्रस्ताव पनि लैजाँदैछ ।
चैत ५ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित ८५ बोनस सेयर पाउनेछन् । गुराँसले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ९ लाख ९५ हजार १९० रुपैयाँ खुद नाफा कमाएको छ ।