IME Life

जीवन बीमा बाट आर्थिक छ्लाङ ल्याउन सकिन्छ !

SPIL
NIC ASIA

 जीवन बीमा मात्रै यस्तो माध्यम हो, जसमा बीमा गर्ने मान्छे गराउने मान्छे बीमा कम्पनी र सरकार सबै पक्षलाई फाईदा र राम्रो उपलब्धि हुन्छ । हामी रोजगारी पाएनौ भनेर चिन्तामा बस्छौं । कसरी बीमा बाट राम्रो सँग रोजगारी सिर्जना गर्न सकिन्छ त्यस तर्फ बिचार पुर्याएको देखिदैन ।

नेपालमा अहिले देखिएको बेरोजगारी समस्या बीमाको माध्यमबाट धेरै हदसम्म समाधान गर्न सकिन्छ । आफ्नो र परिवारको सुरक्षित भविष्य बनाउन जीवन बीमा एउटा माध्यम बनेको छ । सरकारी तबरबाट यस बिषयमा गम्भीरतापूर्वक निति बनाउनु पर्ने देखिन्छ । गत वर्ष आएको भूकम्पपछि यसको महत्त्व बढेको त देखिन्छ , मानिसको जीवनको कुनै टुंगो हुँदैन भन्ने भूकम्पले सिकाएर गएको छ ।

Prabhu
Crest

सामान्य हिसाबले भन्दा जीवन बीमाको मुख्य आधार भनेकै आर्थिक जोखिमको हस्तान्तरण हो । हरेक व्यक्तिको जीवनमा एक प्रकारको आर्थिक जोखिम हुन्छ ।

मानिसको आर्थिक मूल्य हुन्छ । कुनै पनि व्यक्तिले आफ्नो जीवनको योजना बनाउँदा परिवारको भविष्यका बारेमा पनि सोच्नुपर्छ । जीवन बीमाबाट हुने फाइदाका बारेमा व्यापक रूपमा जनचेतनामूलक कार्यक्रम सरकारले नै गर्नुपर्ने हुन्छ ।

सरकारी तबरबाट गरिएको प्रयासमा बढी बिस्वस्नियता हुन्छ । बीमाको माद्मध्यमबाट ठूलो मात्रामा रोजगारी सिर्जना हुने छिरलिएर रहेको पूँजी एकत्रित भइ  राष्ट्र निर्माणमा ठुलो टेबा मिल्ने, सबै जनता आर्थिक रुपले सुरक्षित हुने हुन्छ त्यसैले अभिकर्ताहरूले अस्वस्थ प्रतिस्पर्धा नगरी बीमाको बारेमा सजिलो सँग बुझ्ने गरि निम्न कुरालाई जनता बीच लैजानु पर्छ ।

जन्मे पछी मृत्युअनिवार्य छ दैनिक हामीले देखेकै छौ कति अपत्यारिला घटना दुर्घटना । सानो ठुलो हरेक मानिसको जीवनको आर्थिक मूल्य छ । अर्थात् मैले जुन प्रकारको आम्दानी गरिरहेको छु, त्यो कमाइले मेरो परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट मेरो समाजमा केही योगदान गर्न सकेको हुन्छु ।

सरकारलाई मैले कर तिर्न सकेको छु । यो मेरो जीवन सँग जोडिएको कुरा हो । यदि म नहुँदा यो सबै कुरामा एउटा भयावह अबस्थाको सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बीमा गर्नुपर्ने हुन्छ । अरू सबै सामानको मूल्य निर्माण गर्दा नै तोक्न सकिन्छ ।

तर, मान्छेको मूल्य भने उसले आफैँ तोक्ने हो । कसरी कस्तो परिवेशमा के काम गरिरहेको छ, त्यो अनुसार उसको आफ्नो जीवनको मूल्य हुन्छ । त्यही आधारमा हामीले बीमा गरेको हुनुपर्छ । कुनै घटना वा दुर्घटनाका कारण उसको परिवारले ठूलो दुखको सामना गर्नु नपरोस् भन्ने यसको भावना हो ।

हामी सबैलाई आफ्नो जीवनस्तर बढोस्, आर्थिक हैसियत बढ्दै जाओस् भन्ने लाग्छ । जुन आजको भोलि हुने कुरो होइन । त्यसमा निश्चित समयसम्म मिहिनेत गर्नुपर्छ । योजना बनाएर बचत पनि हुनुपर्छ । जीवन बीमामा अनुशासित बचत गर्ने प्रक्रिया हुन्छ । जीवन बीमाका विभिन्न योजनाअनुसार निश्चित समयसम्म हामीले शुल्क तिर्दै जान्छौँ ।

त्यही आधारमा बचत हुँदै जान्छ । यदि नियमित तिरेन भने त्यो खारेज हुन्छ । यसले बीमाशुल्क तिर्न अनुशासित बनाउँछ । यो अनिवार्य बचतका रूपमा हामी सोच्न थाल्छौँ । त्यसले भविष्यमा पूँजी निर्माण गर्छ । जब बीमा परिपक्व हुन्छ, त्यसवेला त्यो रकमले दैनिक जीवनयापन भन्दा फरक आवश्यकता पूरा गर्छौं । यस्तै उत्पादनमूलक वा नाफामूलक काममा लगानी गर्न सक्छौँ । बचत गर्दा क्षमता भित्र गर्नुपर्छ । नत्र बीचैमा छोड्नुपर्ने बाध्यता आउन सक्छ । त्यसैले फजुल खर्च घटाएर बीमा गर्न सकिन्छ ।

हरेक मानिसको एउटा सपना हुन्छ दैनिक आवश्यकता भन्दा बढी नै हाम्रो इच्छा आकांक्षा हुन्छ र योजना पनि हुन्छ । जस्तै २ वर्षपछि गाडी किन्छु वा ५ वर्षपछि घर बनाउँछु । यस्तै योजना अन्य पनि हुन सक्छन् । यस्ता योजनामा हामीले त्यत्तिकै आँखा चिम्लेर सोचेर मात्र पुग्दैन । हामी सामान्यतस् सधैँ बाँचिरहन्छौँ भन्ने सोचअनुसार अघि बढ्छौँ ।

हामीले परिवारप्रतिको दायित्व सधैँ आफैँले पूरा गर्न सक्छु भन्ने सोच हुन्छ । त्यसले परिवारमा एउटा अचम्मको सपना जन्मिएको हुन्छ । त्यसलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमाले भविष्यको योजना बनाउन सक्छौँ । परिवार चलाउन पनि सहि किसिमको ब्यबस्थापन चाहिन्छ । सही योजना भयो भने मात्र व्यवस्थापन पनि सही हुन सक्छ ।

हरेक व्यक्तिले आफ्ना बालबालिका शिक्षित बनून् र राम्रो शिक्षा पाऊन् भन्ने सोच्छ । बालबालिकाको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बिमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ ।

कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बिमाले जोगाउँछ । परिवार चलाउन पनि राम्रो व्यवस्थापन चाहिन्छ भन्ने यसैले देखाउँछ ।

नेपालमा धेरैजसो मानिस ऋणमा देखिन्छन् । कुनै काम गर्नुपर्दा मानिसले ऋण लिइहाल्छ । कसैले घर बनाउनुपर्‍यो भने ऋण लिने र मासिक किस्ता (इएमआई) तिरी ढुक्कले बसेको हुन्छ । उसले आफ्नो कमाइ सँग जोडेर यतिसम्म तिर्न सक्छु भनेर काम गरेको हुन्छ । मैले लामो समयको लागी ऋण लिएको छु, सहजै तिरिहाल्छु भन्ने पनि देखिन्छ ।

धेरै जसो परिवारमा एकजना मात्र कमाउने हुन्छन् । आज किनेको घर भोलि परिवारका लागि ठूलो तनाव हुन सक्छ । यो तनावबाट बँच्न जति ऋण लिएको छ, सोहीबराबरको जीवन बिमा गर्ने हो भने उसलाई केही भइहालेमा पनि उसको परिवार घरबाट निकालिनुपर्ने अवस्था आउँदैन । बैंकले घरको बिमा गरेको हुन्छ ।

केही भए उसले बिमा पाइहाल्छ । ऋणीलाई केही भएर कर्जा नउठे लिलाम गरेर उठाइहाल्छ । समस्यामा नपर्न व्यक्तिको बिमा हुनुपर्‍यो ।हामी आफ्नो लागि मात्रै होईन परिबारको बारेमा अझै बढी सोचबिचार गरेका हुन्छौं जुन हिसाबले जीवन बाँचेको छ र जसरी परिवारलाई बचाएको छ, त्यसको निरन्तरता दिन कमाइको स्रोत बन्द हुनुहुँदैन ।

उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को आम्दानीको स्रोत खोजी गरी परिवारले कमाउन थालुन्जेल सम्म बिमा उपयोगी हुन्छ ।

तेसैले सम्बन्धित सबै पक्षले समयमै बिचार पुर्याउनु पर्ने देखिन्छ । सपना देखेर, कल्पना गरेरमात्र सफलता आफै आउने होईन तेसको लागि कडा मेहनत सकारात्मक सोचाइ र सेवामूलक भावना हुन् जरुरी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS