IME Life

बीमामा पुरानो परम्परा अन्त्य हुनु पर्छ !

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

हाम्रो जस्तो देश जहाँ भर्खर बिमाले बामे सर्दै गरेको अवस्था छ । बिमा गर्नु पर्छ भन्ने चेतना बढीरहेको अबस्थामा कतिपय कम्पनी भने दक्ष जनसक्तिको अभावमा कार्यालय खोलेर पनि कर्मचारी नियुक्त नगरी कम्पनी चलाउन बाध्य छन । बिमा कम्पनीमा तल्लो तहका कर्मचारीहरु धेरैजसो पीडित अबस्थामा छन । लामो समय सम्म स्थाइ हुन नसक्नु । चाकरी र चाप्लुसी नपुगे सरुवा हुनु पर्ने, करार थप नहुने , कम तलबमा लामो समय सम्म काम गर्नु पर्ने ! यस्ता धेरै कुराको सामना गर्नु पर्ने दुखेसो विभिन्न कम्पनीमा काम गर्ने कर्मचारीले गर्ने गरेका छ्न । दक्ष जनशक्तिकाे अभाब भनेर विभिन्न समयमा मिडियाहरुमा देख्न र सुन्न पाइन्छ तर नेपालमा बिमामा काम गर्ने दक्ष जनशक्ति प्रसस्तै छन तर राम्रा भन्दानि हाम्रा मान्छेको बढी खोजी हुने गरेको कारण जनशक्तिको अभाव देखिएकाे हाे ।

बिमा कम्पनीहरुमा अहिले व्यावसायिक अभिकर्ताहरू बढिरहेको अबस्था छ । आर्थिक रुपले पनि निकै राम्रो हुने सामाजिक रुपले पनि प्रतिष्ठित हुने कारणले पनि व्यावसायिक अभिकर्ताहरु को संख्या दिन प्रतिदिन बढीरहेको हो । प्रतिस्पर्धाको जमानामा बिमा कम्पनीहरु पनि नाफामुखी भन्दा पनि बढी सेबामुखी हुनु जरुरी छ । कम्पनीमा कर्मचारीहरु रमाएर काम गर्ने बाताबरण हुनुपर्छ । कार्यालयको सिढी चड्दा आफ्नो घरमा जादैछु भन्ने आत्मबोध हुनुपर्छ तेस्तो बाताबरण भएको कम्पनी दीर्घकालिन रुपमा धेरै राम्रो हुन्छ ।

Crest
Meta Holidays

अहिलेको अबस्थामा पुरानै सोच पुरानो शैली पुरानै परम्परा बाट दीर्घकालीन रूपमा कम्पनीले फड्को मार्न सक्दैन । अहिले कम्पनीको मर्जरको कुरा आइसकेको छ एकाएक यति धेरै कम्पनी स्वीकृत हुदासाथ अहिलेनै मर्जरको कुरा आउनु भन्दा पनि कसरी कम्पनीहरुलाइ बिकसित ,ब्यबस्थित र स्तरमा वृद्धि गर्न सकिन्छ भनेर योजना बनाउनेतर्फ लाग्नु पर्ने देखिन्छ ।

जीवन बिमा कम्पनीको मेरुदण्ड भनेको अभिकर्ताहरु नै हो । अभिकर्ता पेशालाई सम्मानित पेशा बनाउन कम्पनीले केबल कमिशन र पैसाको लागि मात्रै काम गर्नेको रूपमा नहेरी कम्पनीको मेरुदण्डकै रुपमा अभिकर्तालाई हेर्नु पर्ने देखिन्छ ।कम्पनीले अभिकर्तालाई हरेक कार्यालयमा छुट्टै बस्ने कोठा आवस्यक फर्निचर सेमिनार गोष्ठी र एडभान्स तालिमहरूकाे ब्यवस्थापन मिलाउनुपर्छ । अभिकर्ताहरुलाइ एउटा बिमा गराउन कार्यालयमा दिनभरी बिताउनु पर्ने अवस्था छ । बिमा गराउन online बाटै घरमै बसि फम भर्न पाउने ब्यबस्था मिलाउन सके बिमा गर्नेको संख्या एकदमै बढने देखिन्छ ।

अभिकर्ताको लाइसेन्स बर्सेनि नवीकरण गराउनु पर्ने झन्झटका कारण धेरैजसो लाईसेन्स नवीकरण नै हुदैनन् । कम्सेकम ५ बर्षको लागि एकैपटक नबिकरण भएमा पनि निस्कृय अभिकर्ताको संख्यामा कमि ल्याउन सकिन्छ । बिउलाई बाकसमा राखे बर्सौ सम्म पनी जस्ताको तस्तै रहन्छ तर माटो र पानीमा राखे ठुलो रुख बन्दछ भने झैँ बिमा कम्पनीलाई पनि समय सापेक्ष मलजल गरि पुरानो शैलीबाट माथि उठाउनु पर्ने देखिन्छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x