IME Life

बीमा बाध्यतामा पारेर गराइदैन स्वेच्छाले बीमा गर्ने वातावरण छ

SPIL
Sanima Reliance

सामान्य भाषामा जीवन बीमा भनेको जीवनको पुर्ण क्षती हुदा हुने आम्दानीको नोक्सानी विरुद्ध गरिने सुरक्षा हो । जुन हकदारले(परिवारले) बिमितको मृत्यु पश्चात् आर्थिक सुरक्षाको रुपमा तोकिएको रकम प्राप्त गर्दछ् । जीवन बीमाको मुख्य उदेश्य बिमितको मृत्यु हुदा उसले अग्रिम तोके बमोजिमको उसका परिवारको आर्थिक सुरक्षा गर्नु हो । तसर्थ जीवन बीमा एक मात्र यस्तो कडि हो जसले जिवन रहदा/नरहदा दुबै अवस्थामा हामीले आफू र आफ्ना आश्रीत परिवारको जिबनस्तरको वारेमा देखेको उज्ज्वल सपना पुरा गर्न सक्छ ।

आफ्नो जीवनकालमा हुन सक्ने आर्थिक जोखिमको हामी अग्रिम कल्पना गर्नु अति आवश्यक छ । दैनिक जीवन यापनको लागि,बालबच्चाको शिक्षा बिबाहको लागि,स्वास्थको लागि त्यती मात्र नभई विकसित देशहरुमा त छोडपत्रको लागी समेत कति बजेट आवश्य पर्ला अग्रिम सोचीसकेका हुन्छन् । तसर्थ हामिले आवश्यकता/महत्त्व अनुसार माथी उल्लेखित कुराहरुको पहिचान गर्नु पर्दछ । नेपालमा पनि बिस्तारै बीमाको चेतनाको बिकास भईरहेकाे छ । अहिले फजुल खर्च कटाएरै भएपनि बीमा गर्नु पर्छ भन्ने धारणाको बिकास भएको पाइन्छ । धेरै पहिला अभिकर्ताहरुले जबर्जस्ति गरेर बिमा गराउने प्रचलन थियो होला तर अहिले मानिसलाई बीमा गराउनु पर्छ बीमा गराउनाले आफू र आफ्नो परिवारको आर्थिक सुरक्षा हुन्छ भन्ने धारणको बिकास भएको छ ।आजभोलि कतिपय मानिसहरु त बिमा गराउन कार्यालयमै आउने समेत गरेका हुन्छन् । पहिला पहिला मानिसहरु राम्रो आम्दानी हुँदा समेत सानो सानो बिमा गर्ने गरेको पाइन्छ तर आजकाल ठुलो ठुलो बीमा पोलिसी गर्ने गरेको पाइन्छ ।

Crest
Meta Holidays

अहिले मानिसहरू धेरै चलाख भैसकेको अबस्था छ । म कुनै कारण तलमाथि भए भने परिबारमा के कस्तो आर्थिक क्षति हुन्छ त्यसलाई मध्येनजर गरेर बिमाको योजना बनाउने र त्यसै अनुसारको ठुलो बीमालेख खरिद गर्ने प्रचलन बढेकाे पाईन्छ । अहिलेको आधुनिक समयमा मानिसहरू पनि बीमामा आमूल परिवर्तन खोजिरहेका छन । बीमा कम्पनीहरुले अहिले धेरै राम्रा राम्रा योजनाहरु बजारमा ल्याएका कारण पनि बीमा प्रति जनचासो बढेको हो । कतिपय कम्पनीहरुले स्वास्थ बीमा सहित आक्रामक बजार रणनीति बनाएका छन भने स्वास्थ बीमाको लोकप्रियता देखेर कतिपय कम्पनीहरु पनि स्वास्थ बीमा सहितको  योजना ल्याउने तयारी गरिरहेका छन । यस्तै सुबिधाका कारण बीमा बाध्यतामा पारेर गराउनै पर्दैन । बीमा हरेक ब्यक्तीको अनिवार्य आबस्यकता बनिसकेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x