IME Life

इन्स्योरेन्स शिक्षा:बीमालेख हराएमा के गर्ने ?थाहा पाउँनुहोस।

SPIL
NIC ASIA


इन्स्योरेन्स शिक्षा: बीमा बीमित र बिमकका बीच गरिने एक करार पत्र हो । जीवनमा आई पर्ने सम्भावित जोखिमहरुका कारण आर्थिक क्षति भएमा त्यस्तो क्षति बीमा कम्पनिले वहन गर्छ । भविष्यमा आई पर्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि बीमा गरिन्छ ।

बीमा गर्ने तपाई हामि सबैले बीमालेख सुरक्षित साथ राख्नु पर्ने हुन्छ । बीमालेख बीमा अवधि भरि मात्र काम लाग्दैन् । दाबीको लागि पनि यो महत्पूर्ण हुन्छ । त्यसैले यसलाई जतनका साथ राख्नु पर्ने हुन्छ । केही गरि बीमालेख हराएमा बीमा कम्पनीबाट प्रतिलिपि प्राप्त गर्न सकिन्छ ।

Prabhu
Crest

हराएको बीमालेखको प्रतिलिपि प्राप्त गर्नको लागि आफुले बीमा गरेको बीमा कम्पनीमा निवेदन दिनु पर्ने हुन्छ । बीमालेख हराएको जानकारी पाए पछि कम्पनी वा बिमित आफैले विमितको खर्चमा राष्ट्रिय दैनिक पत्रिकामा बीमालेख हराएको सूचना प्रकाशन गर्नु पर्दछ । सूचना जारी गरेकोे मितिले ३५ दिन भित्र कसैले प्राप्त गरेको जानकारी नआएमा कम्पनीले बिमितलाई बीमालेखको प्रतिलिपि उपलब्ध गराउँदछ । यसरी कम्पनीले प्रतिलिपि दिँदा निश्चित शुल्क लिन सक्छ ।

समयमा बीमा शुल्क नबुझाएमा के हुन्छ ?
बीमितले तोकिएको समयमा बीमा शुल्क नबुझाएमा वा बुझाउन ढिलो गरेमा बीमालेख निष्क्रिय भएर पनि जान सक्छ । त्यसैले विमितले यो कुरा लाई ध्यान दिनु पर्ने हुन्छ ।

बीमितले बीमालेखमा उल्लेख भए बमोजिमको समयमा नियमित रुपमा बीमा शुल्क बुझाउनु पर्छ । यदि तोकिएको समयमा बिमितले बीमा शुल्क नबुझाएमा वा ढिला गरेमा बीमा कम्पनीले एक महिनाको समय थप गराएको हुन्छ । यसरी थप गरिएको समयमा विमितले बिना कुनै जरिवाना वा नियमित रुपमा बीमा शुल्क बुझाउन सक्छ । यस्तो थप गरिएको समयमा पनि यदि विमितले बीमा शुल्क नबुझाएमा विमितको जोखिम बीमा कम्पनीले गर्दैन । यस पछि बीमालेख निष्क्रिय भएर जान्छ । तर बीमा कम्पनीले तोकेको समयावधि भित्र बीमा शुल्क वा जरिवाना भुक्तान गरेर बीमालेख सक्रिय बनाउन सकिन्छ ।

प्रस्तुती : बिजया बास्कोटा 
[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS