IME Life

इन्स्योरेन्स शिक्षा: बीमा दाबी भुक्तानी पाउँनु भएको छैन। अपनाउँनुहोस निम्न प्रक्रिया,

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स शिक्षा: बीमाको कुरा उठ्दा कम्पनीहरुको मात्र बढी उठ्ने गरेको पाईन्छ । तर, बीमितको समस्या भने ज्यूको त्यू नै छ । प्रति बर्ष बीमा व्यवसाय बढ्दै गएको छ । बीमा कम्पनीको संख्या थपिदै गएको छ ।

प्रत्येक कम्पनीले आफनो कम्पनीको लक्ष्यमा नेपालमा बीमाको पहुँच विस्तार गर्ने, बीमितलाई सहज र सरल सेवा प्रदान गर्ने उल्लेख गरेका हुन्छन् । तर, कतिपय बीमितहरु समयमा भुक्तानी नपाउँदै भौतारिनु परेको यर्थाथ छ । एउटा असन्ुतष्ट बीमित अन्य दश सम्भावित बीमित बीमा बिषयमा आफनो नकरात्मक धारणा बताउँछन् । फलस्वरुप ती सम्भावित बीमितहरु बीमा प्रति पहिले नै नकरात्मक अवधारणा बनाएर बसेका हुन्छन् ।
बीमा व्यवसाय वृद्धि, विकास, नियन्त्रण तथा अनुगमन गर्नको लागि तत्कालिन अवस्थामा नियमकारी निकायको आवश्यकता महसुस गरी नेपाल सरकारले बीमा ऐन २०२५ जारी गरेको थियो । उक्त ऐन बमोजिम तत्कालिन सरकारले अर्थ मन्त्रालय अन्तर्गत बीमा समितीको स्थापना गरेको हो । बीमा ऐन २०४९ ले बीमा व्यवसाय, व्यवस्थित, नियमित, विकसित, तथा नियन्त्रित गर्नका लागि समितीलाई निम्ननुसार काम, कर्तव्य र अधिकार दिएको छ ।

Crest

जसमा बीमितको हित रक्षाको निम्ति आवश्यक आधारमा तजुमा गर्न र बीमक र बीमीत बीचको विवादमा मध्यस्थता गर्न र बीमा दायित्व निर्धारणका सम्बन्धमा बीमक विरुद्ध बीमीतले दिएको उजुरी उपर निर्णय गर्न जस्ता कार्य ऐनमा रहेको छ ।
अझै पनि धेरै बीमितहरु समयमा भुक्तानी नपाउँने र क्षति बराबरको भुक्तानी नपाउँने समस्याबाट गुज्रिएका छन् । यस्ता खालका समस्याबाट बच्नको लागी सबैभन्दा पहिला बीमितले बीमा गर्दा बीमा योजनामा लेखिएका शर्तहरुको अध्ययन गर्नुपर्छ ।

दाबी गर्दा के के गर्नुपर्छ । कस्ता खालका कागजात संलग्न गराउँनु पर्छ भन्ने बिषयमा त्यसमा उल्लेख गरिएको हुन्छ । सोही बमोजिमको कागजात संलग्न गरी दाबी भुक्तानी गर्नुपर्छ । कतिपय बीमितले आवश्यक कागजात समावेश नगर्ने हुँदा पनि दाबी भुक्तानीमा समस्या हुन्छ । दाबी गर्दा समयमा नै गर्नुपर्छ । घटना घटेको लामो समया वा प्रमाण मेटिई सकेपछि दाबी गर्दा मूल्यांकनमा समस्या पर्न सक्छ । भुक्तानी गर्न कठिन हुन्छ ।

यति गर्दा गर्दै पनि तपाईले दाबी भुक्तानी पाउँनु भएको छैन भने तपाई सिधै बीमा समितिमा उजुरी दिन सक्नु हुन्छ । बीमा समितिले उजुरी सुन्ने र फैसला गर्ने अधिकार पनि पाएको छ । समितिले उजुरी सुन्न लागी जिल्ला अदालत सरहको अधिकार पाएको छ । त्यसैले समितिले उजुरी गर्न सकिन्छ । समितिले गरेको फैसला उपर चित्त नबुझेमा पुनरावेदन अदालत जान सक्नुहुन्छ ।

बीमीतले आवश्यक कागजात पेश गर्दा पनि कम्पनीले दाबी भुक्तानी नगरेमा बीमा समितिमा उजुरी गर्न सकिने प्रावधान रहेको बीमा विज्ञ भोजराज शर्माले बताए । बीमा समितीबाट नभए पुनरावदेन अदालत जान सकिने उनले बताए । जनरल इन्स्योरेन्स कम्पनीका जनरल म्यानेजर, एसके तमोटले भुक्तानीको समस्या पहिले देखि नै भएको बताउँछन् । “तर, पुरा कागजपत्र नभईकन कम्पनीले भुक्तानी गर्न सक्दैनन,” उनले भने ।

युनाईटेड इन्स्योरेन्स कम्पनीका कार्यवाहक सिईओ रमेश कुमार भट्टराइ इन्स्योरेन्स कम्पनीको पनि भुक्तानीमा आफनै प्रावधान हुने बताउँछन् । “कम्पनीको नियम अनुरुप नै हामीले बीमितलाई भुक्तानी गर्ने हो,” उनले भने । दाबी भुक्तानी ढिला हुनुमा पहिलो कारण भनेको त आवश्यक कागजात नपुगेर हो । उनका अनुसार कतिपय वीमितले कागज बिना नै दाबी गर्छन् ।

[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS