IME Life

बीमा कम्पनी नयाँ भएर बोनश दर कम हुने होइन: नारायण बाबु लोहनी, सिइओ-रिलायबल लाइफ इन्स्योरेन्स

SPIL
NIC ASIA

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी संगै गत आर्थिक बर्ष देखि नेपालमा ९ वटा नयाँ जीवन बीमा कम्पनी सञ्चालनमा आए । नयाँ कम्पनीहरुले बजारमा प्रवेश पाएसँगै नेपालको बीमा कम्पनीहरुको व्यवसाय पनि बढेको र बीमाको पहुँच बढेको बीमा समितिले दाबी गरेको छ । तर, केही नयाँ कम्पनीहरु थपिएपनि सबै कम्पनीहरुले अस्तित्वमा रहन मुश्किल हुने केहीजानकारहरु बताउँछन् । बजारमा धेरै प्रतिस्पर्धा भएकै कारण कम्पनीहरुले टिक्न नसक्ने उनीहरुको ठोकुवा छ ।

सञ्चालनमा आएका कम्पनीहरु मध्ये रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी एक हो, कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायण बाबु लोहनी रहेका छन् । तत्कालिन समयमा ३ करोड ५० लाखको पुंजीबाट संचालित रिलायबल फाइनान्सियल इन्ष्टिच्यूशनको प्रमुख कार्यकारी अधिकृत हुदै वित्तीय क्षेत्रमा आएका लोहनीले आफ्नो कार्यकालमा रिलायबल फाइनान्स, शुभ लक्ष्मी फाइनान्स र नेपालकन्जुमर डेभलपमेन्ट बैंक आपसमा गाभेर रिलायबल डेभलपमेन्ट बैंक बनाउन कुशल भूमिका निर्वाह गरे। लोहनी नेतृत्वमा रहेको समयमा रिलायबल डेभलपमेन्ट बैंकले सहायक कम्पनी रिलायबल माइक्रो फाइनान्स वित्तीय संस्था, रिलायबल क्यापिटल, रिलायबल रेमिट तथा जीवन बीमा ब्यबसायको लागि रिलायबल लाइफ इन्स्योरेन्स लगायतका संस्थाको परिकल्पना गर्न सफल भयो । बैंकिंग क्षेत्रको लामो अनुभव पछि लोहनी अहिले बीमा क्षेत्रमा प्रवेश गरेका छन् । उनैै लोहनीसँग इन्स्योेरेन्स खबर कर्मी रिनाखत्रीले गरेको कुराकानी:-

Prabhu
Crest

नारायण बाबु लोहनी
प्रमुख कार्यकारी अधिकृत-रिलायबल लाइफ इन्स्योरेन्स

नेपालको बैंकिङ क्षेत्र र बीमा क्षेत्रमा के फरक पाउँनु भयो ?
बैंकिङ क्षेत्रको कुरा गर्नेहो भने यसमा आम जनमानसको नैे पहुँँच पुगीसकेको छ । जसको बजार व्यापक रहेको छ । ४० प्रतीशत बैंकमा खाता रहेका छ । तर इन्स्योरेन्सको क्षेत्रमा १० प्रतीशत मानिसहरु पनी यसमा अझै समावेश रहेका छैनन् ।यसको बजार बिस्तारै बढ्दै छ। तथापी बीमा क्षेत्र नेपालमा ठुलो सम्भावनाको भएको ब्यबसाय हो । नेपालीबीमा क्षेत्रले ठुलो फड्को मार्न सक्ने सम्भावना छ ।

नेपालमा अहिलेको अवस्थामा करिब ९० प्रतिशत बीमा बजार खाली छ, यसमा अभिकर्ताको भूमिका पनी उत्तिकै मात्रामा रहेको छ । भईरहेको बजार भन्दा केही फरक ढङगबाट बजारीकरण गर्दै बीमाको दायरा फराकिलो पर्ने हो भने मुलुकको अर्थतन्त्रमा समेत बीमाले सहयोग गर्छ।

बीमा बजार सकारात्मक दिशामा अघि बढीरहेको छ। अघिल्लो बर्षको भन्दा ४०-५० प्रतीशत सङख्यामा पोलिसी पनी बढी रहेको छ । नयाँ कम्पनीको आगमन सगै नयाँ पोलिसीहरु पनि बीमा बजारमा भित्रि रहेको छ । नयाँ कम्पनीहरुको उपस्थितीसँगै यसमा जनचेतना पनी बढेको र स्रमगमा भन्नुपर्दा बीमा बजार राम्रै छ भन्नुपर्छ ।

रिलायबल लाइफ इन्स्योरेन्सको गतआर्थिक बर्षको वित्तिय अवस्था कस्तो रहयो ?
गतआर्थिक वर्षको रिलायबल लाइफ इन्स्योरेन्सको वित्तिय अवस्था सन्तोषजनक नै रह्यो । हामीले १२ करोड ७० लाख रुपैयाँ मुनाफाआर्जन गर्न भयौ । हाम्रो प्रिमियम ४२ करोड७० लाख रुपैयाँ संकलन भएको छ। यो हाम्रो नौ महिनाजतीको कारोबार हो भने अघिल्लो आर्थिक वर्ष हामीले बिशेष गरि शाखा विस्तार, अभिकर्ता तालिम, दक्ष कर्मचारी छनोटका साथै जीवन बीमाको लागि चाहिने न्युनतम पूर्बाधार तयार गरिसकेका छौ । तसर्थ आगामी बर्षमा अझै राम्रो गर्ने हाम्रो लक्ष्य रहेको छ ।

गतआर्थिक वर्ष हामीले बीमाबजारमा १५ किसिमका जीवन बीमा योजनाहरु पस्किन सफल भयौ सम्भबत नयाँ जीवन बीमा कम्पनीहरुको हकमा यो कुरा पनि नयाँ नै हुनुपर्छ।

ग्रामीण क्षेत्र तथा मध्यम बर्गीय जनतामा बीमाको पँहुच विस्तारको लागि कस्तो पहल गर्दै हुनुहुन्छ ?
हामीले आफनो शाखा र उपशाखा र अर्भिकताहरु मार्फत ग्रामिण भेगमापुग्ने लक्ष्य राखेका छौ । यसका लागी मासमा तालिम दिने वा हरेक जिल्लामा एजेन्सीहरु मार्फत तालिमदिएर बीमाको बजार बढाउने लक्ष्य राखेका छौ ।

त्यस्तै, लघुबीमाको मध्यमबाट ग्रामिण तथा मध्यमबर्गीय स्तरका सर्बसाधारणसंग बीमाको विस्तार गर्ने हाम्रो योजना रहेको छ। हाम्रो कम्पनीको पहिलो प्राथमिकता नै ग्रामिण तथा मध्यम स्तरको आयआर्जन गर्ने आम सर्बसाधारण हुन । तसर्थ हामीले ग्रामिण क्षेत्रमुखी सेवामै ध्यान दिदै आएका छौ ।

नयाँ बीमा ऐन संसदमा प्रस्तुत भएको छ, नयाँ बन्ने ऐन कस्तो हुनुपर्ने अपेक्षागर्नु भएको छ ?
बीमा समिति र कम्पनीहरुले आफूले कमाएको केही हिस्सा जनजागरणा लगााउने कार्यक्रममा लगाउनु पायो भने पक्कै आम जनमानसमा पुग्न सहज हुन्छ ।यसको बारेमा धेरैलाई जानकारी दिनपनी सकिन्छ । बीमामा बीमकलाई अझै फराकिलो बनाउन यसले पक्कै पनी मद्दत गर्छ । इन्स्योरेन्स क्षेत्रमा अझै पनी यसमा ज्ञान भएको व्यक्तिहरुको खाँचो रहेको छ । विधेयकले यसलाई ध्यानदिँदा राम्रो हुन्छ होला ।

नेपाली बीमा क्षेत्रका चुनौतीहरु के-के हुन् ?
हालको अवस्थालाई हेर्ने हो, भने बीमा सम्बन्धिएवं तालिमलिएकाकर्मचारीको अभाब र सबै बीमाकम्पनीहरुको एउटै खालको पोलिसी, सरकारले बिमितलाई आयकरमादिनेगरेको कर छुट, जनचेतनाको कमि, बीमाशिक्षाको अभाब जस्ता कुराहरु चुनौतीको रुपमा देखेको छु । नेपालको भौगोलिक परिवेश तथा पूर्णव्यावसायिक अभिकर्ताको कमी बीमा क्षेत्रका चुनाती हुन् जस्तो लाग्छ।

नयाँ बीमा कम्पनीहरु थपिएका छन्, यसले बजारमा विस्तार कस्तो प्रभाव पार्ला ?
पक्कै पनीनयाँकम्पनीको उपस्थितीले बजारलाई फाईदा नै पु-याउँछ । बीमा बजारमा इन्स्योरेन्स आजको दिनमा सबै उमेर समूहका व्यक्तिहरुलाई खाँचो रहेको छ । पूराना कम्पनीहरुमा जुन किसिमको पोलिसीहरु रहेका हुन्छ । नयाँकम्पनीहरुले पनि आफनै पोलिसी ल्याएको हुन्छ । बीमा बजारमा जनचेतनाको लागि पनीय सले सहयोग गर्छ । बीमा पोलिसीहरु धेरै थरीको बीमीतले पनी छान्न पाउँने भएको छ । यसले बजारलाई पक्कै पनी राम्रौ गर्नेछ ।

नयाँ बीमा कम्पनीहरुमा बोनस दर कम हुन्छ भन्ने बीमितहरुको बुझाई रहेको पाइन्छ, यसमा तपाई के भन्नुहुन्छ ?
नयाँ बीमा कम्पनीहरुको बोनसदर कम हुन्छ भन्ने हैन राम्रो हुन्छ । हामीहरुले कमाएको धेरै प्रतीशत पोलिसी होल्डरलाई जाने हुन्छ । बीमा कम्पनीहरुले गरेको मुनाफाको आधारनै बीमा कम्पनीहरु ले बिमितलाई दिने बोनशको आधार हो तसर्थ नयाँ कम्पनीको बोनश दर कम हुने होइन, बरु राम्रो आउन सक्छ, समग्रमा भन्नुपर्दा हामीले पनी राम्रो बोनस दर दिन सक्छौ भन्ने बिश्वाश बीमितहरुलाई गराउन चाहन्छु।

अरु बीमा कम्पनीहरुको भन्दा रिलायबल इन्स्योरेन्समा नयाँ के छ ?
हामीले रिलायबल धनपति बीमा योजना ल्याएका छौ। यो बीमा योजनामा बीमितले परिपक्वता मुल्य छनौट गरि बीमा गर्न सक्ने छन र सोही आधारमा बीमा शुल्क गणना गरिनेछ । न्यूनतम प्रिमीयममा अधिकतम कभरेजहरु दिएका छौ । रिलायबल लाईफ धनपति योजना हामीले केही फरक खालको योजना ल्याएका हौ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS