IME Life

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले दियो ५ लाख २० हजार रुपैयाँ मृत्यु दाबी वापतको रकम

SPIL
NIC ASIA

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले मृतकको परिवालाई मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले शुक्रबार कम्पनीले एक कार्यक्रमको आयोजना गरी मृत्यु दाबी वापतको भुक्तानी गरेको हो । उक्त मृत्यु दाबी वापत कम्पनीले ५ लाख २० हजार रुपैयाँ हस्तान्तण गरेको हो ।

कार्यक्रममा बीमित सवारीधनी सुरज बहादुर थापालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कम्पनीका अनुसार थापाले चढेको मोटरसाइकलले पैदल यात्री ६० वर्षिय सुनिता कुमारी उपाध्याय पौडेललाई नयाँ बानेश्वरचोकमा ठक्कर दिंदा पैदलयात्री पौडेलको मृत्यु भएको थियो । सवारीधनी थापाले गत मंसिर महिनामा आफ्नो मोटरसाइकलको बीमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मार्फत गरेका थिए ।

Prabhu
Crest

सवारीधनी थापाले कम्पनीले दाबी प्रकृयामा गरेको मार्गदर्शन तथा सहयोग सराहनीय रहेको बताउदै सरल दाबी प्रकृयाले बीमाको महत्व बुझाउन र बीमाप्रति जनमानसमा ब्याप्त गलत धारणालाई कम गर्न सहयोग पुग्ने विचार व्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS