काठमाडौं: नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आज नयाँ कामको सुरुवात गरेको छ। ग्रामिण विकास लघुवित्त बित्तिय संस्था लिमिटेडको बिशेष साधारणमा लग्न लागेको बिशेष प्रस्ताब पास नहुदै नेप्सेले आज उक्त कम्पनीको आधार मुल्य निकालिदिएको छ।
बिशेष साधारण सभाको सूचनाको बिशेष प्रस्ताबको १ नम्बर एजेन्डामा हाल कायम चुक्ता पुंजी पैसठ्ठी करोड पचास लाख को पचास प्रतिशत हकप्रद शेयर जारि गर्ने भनेको छ। उक्त प्रस्ताब असोज ५ गते बस्ने बिशेष साधारण सभाले पास गरेमा मात्र हकप्रदको अन्य प्रक्रिया सुरुवात हुनेछ।