IME Life
GBIME

सूर्या लाईफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन ३० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौ: सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक बर्ष २०७४/७५ मा बीमाशुल्क आर्जन ३० प्रतिशतले बढेको छ । गत आवको असारमसान्तसम्ममा कम्पनीले १ अर्ब ७४ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ। गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको गत आवको चौथो वित्तिय विवरण अनुसार गत आवको अन्त्यसम्मा कम्पनीमा ३ लाख ४२ हजार २६८बीमालेख कायम रहेको छ । गत आवको सोही अवधिमा कम्पनीमा ३ लाख ८ हजार ९८३ बीमालेख कायम रहेको थियो ।
त्यस्तै, गत आवको अन्त्यसम्ममा कम्पनील२१ करोड ९६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४४ प्रतिशतले बढी हो । अघिल्लो आ.वमा कम्पनीले १५ करोड १९ लाख बराबरको कुल दाबी भुक्तानी गरेका थियो ।

Crest

गत आवको चोथौ त्रैमाससम्ममा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम १ करोड ३८ लाख रहेको छ।  कम्पनीको जगेडा १ अर्ब ९ करोड ४८ करोड पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीको जोड कोष ६५ करोड ६२लाख थियो । कम्पनीको जीवन बीमा कोष ३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ११ दशमलव ०८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५४दशमलव १७ रहेको छ । प्रति शेयर नेटवर्थ १२९ दशमलव ७७ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पतीको मूल्य ४६९ दशमलव १२ रुपैयाँ रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS