काठमाडौं, वैशाख २३ । आईएमई जनरल इन्स्योरेन्स कम्पनी र सिटीजन बैंक इन्टरनेसलबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौता अनुसार सिटीजन बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।
यस अघि एनबी इन्स्योरेन्स रहेको कम्पनीको ५४ करोड रुपैंया चुक्ता पूँजी रहेको छ ।