नेपालको इन्स्योरेन्स क्षेत्रको इतिहासले करिब ७ दशक पार गरिसकेको छ तर, बिडम्बना इन्स्योरेन्सको दायरा आजको दिनसम्म पनि दोहोरो अंक अर्थात् १० % सम्म पनि पुग्न नसकेको तितो यथार्थ हामीसँग छ, यी तथ्यहरु र नेपाली इन्स्योरेन्स क्षेत्रको वास्तविक उजागर गर्ने उदेश्यले इन्स्योरेन्स क्षेत्रमा सत्य तथ्यमा आधारित इन्स्योरेन्स समाचार, इन्स्योरेन्स शिक्षा, बिस्लेषण सहितको नौलो पत्रकारिताको सुरुवात गर्दै इन्स्योरेन्स खबर [www.insurancekhabar.com] नामको अनलाईन समाचार पोर्टल लिएर २०७५ सालको आगमन संगै तपाईहरु सामु आएका छौ ।
‘हामीले नयाँ काम गर्दै छैनौ तर फरक तरिकाले भने अबश्य गर्दै छौ’ । पत्रकारिताबाहेक हाम्रो कुनै मिसन छैन र कसैमाथि हामीले मिडियाको नकारात्मक शक्तिको प्रयोग गर्ने छैनौ, हामी शिक्षाको पुजारी हौ, शक्तिको पुजारी होइनौ ।
यस वर्ष अनलाईनमा आर्थिक सुरक्षा, सफलताका कथाहरु, विश्वास, प्रगति र समृद्धिको दैनिकी उतार्न पाइयोस्, यही कामना छ । हाम्रा सबै पाठक, विज्ञापनदाता र शुभचिन्तकमा नयाँ वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
नया वर्ष २०७५ सालले सम्पूर्ण नेपालीहरुमा आर्थिक समृद्धि, शान्ति र प्रगतिको किरण छरोस.. २०७५ सालको आगमनसगै नेपालको इन्स्योरेन्स क्षेत्र थप प्रबिधिमैत्री, सफल, सृजनसिल तथा उर्जाशिल बनोस…
नव वर्षको हार्दिक मंगलमय शुभकामना ! शुभकामना !! शुभकामना !!!
धन्यबाद !
इन्स्योरेन्स खबर परिवार !
क्यापिटल न्युज नेटवर्क प्रा. ली. (क्यापिटल प्लसको ब्यबस्थापनमा संचालित)