IME Life New

राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसदले दिए सामूहिक राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्।

वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको भन्दै रास्वपाका सांसदहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामा दिइएको जानकारी गराएका हुन्। विज्ञप्तिमार्फत रास्वपाले प्रधानमन्त्रीको तत्काल राजीनामा दिनुपर्ने र जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन माग गरिएको छ।

Esewa
Crest

यसैगरी सर्वपक्षीय नागरिक सरकार गठन गर्नुपर्ने, प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न पनि माग गरिएको छ। संविधान संशोधनको प्रक्रिया आरम्भ गर्न रास्वपाले माग गरेको छ।

देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित सोमबारदेखिको प्रदर्शनमा दर्जनौं युवाहरुको ज्यान लिने गरी सरकारले गरेको बर्बर दमनको रास्वपा संसदीय दलले भत्र्सना गरेको छ। ‘निहत्था नवयुवाहरुले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ– आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ’, विज्ञप्तिमा भनिएको छ।

वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै आगामी निकासका लागि शीघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै विज्ञप्तिमा सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको शीघ्र एवं निःशुल्क उपचारको पक्षमा रहँदै, देशको मुख्य सम्पति जेनजीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणका साथ रास्वपा प्रतिनिधिसभा सदस्यहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइएको उल्लेख।

राजीनामा दिएका सांसदहरु

१. रवि लामिछाने, संसदीय दलको नेता
२. डोल प्रसाद अर्याल, संसदीय दलको पूर्वनेता
३. डा. स्वर्णिम वाग्ले, सदस्य
४. विराजभक्त श्रेष्ठ, संसदीय दलको उपनेता
५. सन्तोष परियार, प्रमुख सचेतक
६. निशा डाँगी, सचेतक
७. मनिष झा, सदस्य
८. सुमना श्रेष्ठ, सदस्य
९. गणेश पराजुली, सदस्य
१०. सोबिता गौतम, सदस्य
११. डा. तोसिमा कार्की, सदस्य
१२. शिशिर खनाल, सदस्य
१३. हरि ढकाल, सदस्य
१४. प्रा.डा. चन्दा कार्की (भण्डारी), सदस्य
१५. असिम शाह, सदस्य
१६. लक्ष्मी तिवारी, सदस्य
१७. अशोक कुमार चौधरी, सदस्य
१८. शिव नेपाली, सदस्य
१९. बिनिता कठायत, सदस्य
२०. विन्दवासिनी कांसकार, सदस्य

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS