IME Life New

दश महिनामा ६ लाखले श्रम स्वीकृति प्राप्त गर्दा २५ लाख वैदेशिक रोजगारी बीमालेख जारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो १० महिनाको अवधिमा वैदेशिक रोजगार बीमालेख बिक्री २१ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा बीमालेख बिक्री २१ प्रतिशतले बढेको हो।

रोजगारको अवसरको खोजीमा विदेशिनेको लर्को लागेपछि वैदेशिक रोजगारी म्यादी बीमालेखको बिक्री उल्लेख्यरूपमा वृद्धि भएको हो।

Crest

वैदेशिक रोजगार विभागका अनुसार, चालू आर्थिक वर्ष २०८१।८२ को वैशाख मसान्तसम्ममा कुल ६ लाख १८ हजार ६६६ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति प्राप्त गरेका छन् । विभागले जारी गरेको श्रम स्वीकृतिको संख्याको झण्डै ४ गुणा वैदेशिक रोजगारी म्यादी बीमालेख जारी भएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार, गत वैशाखसम्ममा जीवन बीमकले कुल २५ लाख १ हजार ३६८ वटा बीमालेख जारी गरेका छन् । गत आर्थिक वर्ष (आव) २०८०।८१ को सोही अवधिमा २० लाख ७० हजार २५६ वटा बीमालेख जारी गरेका थिए।

वैदेशिक रोजगार म्यादी बीमालेख बिक्री संख्या र संकलित रकम। श्रोतः नेपाल बीमा प्राधिकरण

बैशाख मसान्तसम्ममा बीमालेख संख्या २१ प्रतिशतले बढ्दा वैदेशिक रोजगारवापतको बीमाशुल्क आम्दानी भने १२ प्रतिशतले बढेको छ। चालू आवको समिक्षा अवधिसम्ममा जीवन बीमकले वैदेशिक रोजगार म्यादी बीमालेख जारी गरेर कुल २ अर्ब ८८ करोड २७ लाख ५६ हजार रूपैयाँ संकलन गरेका छन् ।

गत आव २०८०।८१ को पहिलो १० महिनामा जीवन बीमकले कुल २० लाख ७० हजार २५६ वैदेशिक रोजगार बीमालेख बिक्री गरेर कुल २ अर्ब ५८ करोड १० लाख ६० हजार रूपैयाँ संकलन गरेका थिए । यो अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बीमालेख संख्यामा वृद्धि भए पनि बीमाशुल्क वापत संकलित रकम भने ५ प्रतिशतले खुम्चिएको थियो।

आव २०७९।८० मा जीवन बीमकले पहिलो १० महिनामा कुल १५ लाख २३ हजार २६८ बीमालेख जारी गरेर जीवन बीमकले कुल २ अर्ब ७१ करोड ३२ लाख २२ हजार रूपैयाँ संकलन गरेका थिए। कोरोना महामारीका कारण आर्थिक वर्ष २०७८।७९ मा खुम्चिएको वैदेशिक रोजगारीको अवसर यो वर्षमा पुनः लयमा फर्किएसँगै बीमालेख बिक्री संख्या ७८ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS