काठमाडौं । शुभम पावरको सवा १४ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार आउँदो माघ २६ गतेबाट १४ लाख ३१ हजार ३० कित्ता शेयरको लकइन अवधि सकिने भएको हो। जसमा संस्थापक समूहको १४ लाख कित्ता, आयोजना प्रभावित स्थानीयको १९ हजार ४२० कित्ता र कर्मचारीको ११ हजार ६१० कित्ता रहेको छ।
कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ।












