IME Life New

जेनजीको नाममा स्थानीय इन्भेस्टमेन्ट पब्लिक कम्पनीलाई भोटेकोशी पावर कम्पनीको १०% शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशी पावर कम्पनीले स्थानीय भोटेकोशी जेनजी पब्लिक इन्भेस्टमेन्ट कम्पनीलाई १० प्रतिशत शेयर दिने सहमति गरेको छ।

दुवै कम्पनीबीच आइतबार शेयर दिने विषयमा सहमति भएको हो। यो सहमतिपछि करिब १ महिनादेखि अवरुद्ध आयोजनाको पावर प्लान्ट सञ्चालन भएको छ।

Esewa
Crest

सम्झौतापत्र इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष फुर्पा शेर्पालगायतका प्रतिनिधि र भोटेकोशी पावर कम्पनीका तर्फबाट कम्पनी सचिव विश्व मोहन कर्माचार्यलगायतका पदाधिकारीले हस्ताक्षर गरेका छन्। पाँचबुँदे सम्झौतामा १० प्रतिशत शेयर आयोजनाको जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा गरिएको इन्भेस्टमेन्ट कम्पनीलाई दिने सहमति भएको छ। यो १० प्रतिशत शेयर २०७१ पुस ९ गते सम्झौताबमोजिमको ६ प्रतिशतमा ४ प्रतिशत बढाएर कायम गर्ने सहमति भएको छ।

यो १० प्रतिशत शेयरका लागि आवेदन दिने प्रक्रिया सुरु गर्ने पनि दुवै पक्षबीच सहमति बनेको छ। आयोजनाले भोटेकोशी गाउँपालिकालाई पनि सामाजिक उत्तरदायित्वबापत दिँदै आएको साविकको रकममा थप गरी वार्षिक २ करोड ५० लाख रुपैयाँ दिने सहमति भएको छ।

दुवै पक्षबीच आयोजनामा विभिन्न पक्षहरुबाट भविष्यमा आउन सक्ने मागहरु तथा समस्याहरुको समाधानका लागि पूर्ण साथ र सहयोग रहने सहमति पनि भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS