IME Life New

७ वाणिज्य बैंकको ९ महिनामा कस्तो देखियो ग्रोथ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वाणिज्य बैंकहरुको आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास रिपोर्टमा सुखत सुरुवात गरेका छन्। एभरेस्ट बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक र सिद्धार्थ बैंकले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको अवस्था छ।
निक्षेपमा १२ प्रतिशतको वृद्धि :
७ वाणिज्य बैंकको निक्षेप औसत १२ प्रतिशतले वृद्धि भएको छ। ७ वाणिज्य बैंक मध्य सबै भन्दा धेरै नेपाल एसबीआई बैंकको निक्षेप १९ प्रतिशतले वृद्धि भएको छ।

कर्जा १८ प्रतिशतले वृद्धि :
७ वाणिज्य बैंकको कर्जा औसतमा १८ प्रतिशतले वृद्धि भएको छ। ७ वाणिज्य बैंक मध्य सबै भन्दा धेरै सिद्धार्थ बैंकको कर्जा २२ प्रतिशतले वृद्धि भएको छ।


खुद नाफा १७ प्रतिशतले वृद्धि :
७ वाणिज्य बैंकको खुद नाफा औसतमा १७ प्रतिशतले वृद्धि भएको छ। माछापुच्छ्रे बैंकले आफ्नो खुद नाफा ४५ प्रतिशतले वृद्धि गर्दै १ अर्ब २४ करोड पुर्याएको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकले ८५ करोड ४० लाख खुद नाफा गरेको थियो। नेपाल बैंक लिमिटेडको खुद नाफा भने १३ प्रतिशतले कम भएको छ। नेपाल बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २ अर्ब २४ करोड कमाएको छ , बैंकले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब ५६ करोड कमाएको थियो।

Esewa
Crest


प्रति शेयर आम्दानी १३ प्रतिशतले वृद्धि :
७ वाणिज्य बैंकको प्रति शेयर आम्दानी औसतमा १३ प्रतिशतले वृद्धि भएको छ।माछापुच्छ्रे बैंकको प्रति शेयर आम्दानी ४५ प्रतिशतले वृद्धि गर्दै २० रुपैयाँ ५४ पैसा पुर्याएको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकको प्रति शेयर आम्दानी १४ रुपैयाँ १४ पैसा थियो। नेपाल बैंकको भने प्रति शेयर आम्दानी २८ प्रतिशतले कम हुँदै ३० रुपैया ५२ पैसा पुगेको छ।

नोट : कम्पनीको प्रकाशित खुद नाफालाई शेयर संख्याले भाग गरी प्रति शेयर आम्दानी गणना गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS