IME Life New

६ कम्पनीको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ६ कम्पनीको साधारण सभा हुँदैछ । आज मध्य भोटेकोशी जलविद्युत कम्पनी, गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड, सामलिङ्ग पावर कम्पनी, एशियन हाइड्रोपावर लिमिटेड, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र लोखर इर्खुवा हाइड्रो पावर कम्पनी

लोखर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे गर्ने भएको छ ।

Esewa
Crest

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २७ गते, शुक्रबार, एघारौं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । संस्थाको पुस ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

एशियन हाइड्रोपावर लिमिटेडले पुस २७ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा दिउँसो साढे १२ बजे शुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/०८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सोलाई पारित गर्नेछ ।

सभाले कम्पनीके ‘क’ समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रंतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २७ गते, शुक्रबार, पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा दिउँसो बिहान साढे १० बजे शुरु हुने कम्पनीले जनाएको छ।

सभाले कम्पनीको ‘क’ समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रंतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले पुस २७ गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा सानभी होटल एण्ड स्पोट क्लब, बौद्ध, काठमाडौंमा विहान १० बजे हुने कम्पनीले निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पारित गर्नेछ ।

कम्पनीको पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव गरेको कम्पनीले त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले पारित गर्नेछ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते साधारण सभा गर्ने जनाएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS