IME Life New

३६ जनाको एक्चुअरियल साईन्स कोटामा १ सय ६० जना उत्तीर्ण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्यययन संस्थानमा ३६ जनाको कोटा भएको एक्चुअरियल साइन्सको पढाईको लागि १ सय ६० जना उत्तीर्ण भएका छन् । स्नातक तहको सो कोर्सका लागि नेपाली विद्यार्थीहरुको आकर्षण बढेको छ । पछिल्लो समय एक्चुअरियल साईन्सप्रति विधार्थीहरुको मोह बढ्दै छ ।

यस बर्ष एक्चुअरियल साईन्सका लागि दुई सय जनाले आवेदन दिएका थिए । जसमा एक सय ६० जना उत्तीण भएका छन् । तर ३६ जनाको मात्र कोटा भएको कारण उक्त सिट भन्दा बढी लिन नसकेको संस्थानले जनाएको छ ।

Esewa
Crest

उक्त ३६ जनाको कोटामा ३ जना उत्तीर्ण भएका विधार्थीहरुलाई प्रथम सेमेस्टरमा निःशुल्क भर्ना हुने कार्यक्रम सयोजंक केशव राज फुलाराले बताए ।

३६ जनामध्ये प्रथम स्थानमा हासिल गर्न सफल भएका विधार्थी र दुई जना सरकारी विधालयबाट एसइई वा प्लस टु उत्तीर्ण गरेका विधार्थीलाई प्रथम सेमेस्टरमा छुट हुने कार्यक्रम सयोजंक फुलाराले बताए ।

उक्त प्रवेश परीक्षा भदौ १४ गते गणित विज्ञान स्कुल, बल्खुमा त्रिभुवन विश्वविधालयमा भएको थियो । कक्षा १२ वा सो सरहको परीक्षामा एक सय पूर्णाङ्कको गणित वा विजनेश म्याथम्याटिक्स विषय लिएर जुनसुकै संकाय बाट कम्तिमा द्धितिय श्रेणी वा हरेक विषयमा डि ग्रेडको साथ उत्तीर्ण भएका विधार्थीहरुले एक्चुअरियल साईन्स अध्ययन गर्न पाउछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS