IME Life New

२५ हजार ३१३ जनाले बुझे कोरोना बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोना बीमाको लागि पेश भएका २५ हजार ३१३ जनाले दावी भुक्तानी बुझेका छन् । हालसम्म २ अर्ब ४६ करोड सात लाख रुपैयाँ दावी भुक्तानी भइसकेको बीमा समितिले जनाएको छ ।

समितिका अनुसार कूल १० हजार ९ सय ७३ जनाको फाईल प्रमाणिकरण भई दावी भुक्तानीको चरणमा रहेको छ । बीमा समितिले पुस २९ गतेसम्मको कोरोना बीमा दाबी भुक्तानी विवरण सार्वजनिक गर्दै यस्तो जनाएको हो । विवरण अनुसार १८३ जनाको कोरोना बीमा दावी दोहोरो परेका कारण दावी नदिने निर्णय गरेको छ । कोरोना भाइरसबाट संक्रमित भई कोरोना बीमा दावी प्रस्तुत गरेका ५१ हजार ७१७ जनाको फाइल बीमा पुलले सदर गरेको छ ।

Esewa
Crest

समितिका अनुसार ३ हजार ७३९ जनाको दावी प्रक्रियामा रहेको, ८ हजार ४० जनाको बीमा दावी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, ७४७ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेको र २ हजार ७२१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको बीमा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS