IME Life New

२०% बोनश पारित गर्न सगरमाथा इन्स्योरेन्सले बोलायो एजिएम, बुक क्लोज कहिले ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बैशाख २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले लैनचौर ब्यान्क्वेटमा सभा गर्ने जनाएको छ । कम्पनीको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्तावलाई अनुमोदन गर्नेछ ।

Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षज्युवाट पेश हुने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनूसूचीहरु पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को लेखा परिक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखा
परिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा संचालक समितिबाट श्री शोभा श्रेष्ठलाई नियुक्ती गरिएकोमा सो को अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले बोनस शेयर बितरण गर्दा कायम हुन आउने दशमलवपछिको अङ्कलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने, प्रवन्धपत्रको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी दुई अर्बबाट बृद्धि गरी  ५ अर्ब कायम गर्ने र दफा ५ को उपदफा २ पछि उपदफा २।१ थप गरी सो उपदफामा चुक्ता पूंजीको व्यवस्था गरी कम्पनीको चुक्ता पूंजी एक अर्ब तेत्तिस करोड छत्तिस लाख उनान्तीस हजार कायम गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

सभाले कम्पनीबाट कोभिड १९ को समस्यालाई मध्येनजर गरी बिभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड ग ले निर्धारण गरेको सिमा नाघेको हुदा सो अन्तर्गत भएको खर्च रु। ३३ लाख ४५ हजार ५ सय लाई अनुमोदन गर्नेछ ।

सभामा निर्जिवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि संचालक समितिलाई दिईएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता प्रदान गर्ने, उपरोक्त बमोजिमका प्रस्ताव पारित भई स्वीकृतिका लागी पेश हुदा नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा संसोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पेश हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैश्कः १६ देखि बैशाख २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बैशाख १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS